प्रबास

बाना अध्यक्ष पन्त अमेरिकी राष्ट्रपति पुरस्कारबाट सम्मानित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा स्थापित बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) अध्यक्ष सुबोध विलास पन्त अमेरिकी राष्ट्रपति पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

अध्यक्ष पन्तलाई नेपाली समुदायका लागि गरेको निस्वार्थ समाज सेवा र अथक कार्यप्रतिको उच्च सम्मान गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनको तर्फबाट राष्ट्रपतिको जीवनकाल उपलब्धि पुरस्कार अर्थात् प्रेसिडेन्ट लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको हो ।

बाना भवन ऋण मुक्त अभियान अन्तर्गत तेश्रो चरणको कार्यक्रममा पूर्व दुई चरणका कार्यक्रम सहित कूल १ लाख ८ हजार डलर रकम सङ्कलन गर्न सफल भएको पनि जनाइएको छ ।

अध्यक्षा पन्तलाई ऋण मुक्त अभियान अन्तर्गत तेश्रो चरणको कार्यक्रममा बाल्टिमोरकै प्रसिद्ध मोर्गन बिश्वबिद्यालयका प्राध्यापकले राष्ट्रपतिको पदक तथा प्रमाण पत्र हस्तान्तरण गर्नुभयो ।

प्राध्यापकले त्यसमा लेखिएको कुरा पढदै पन्तले राष्ट्रलाई ५,३०० (५ हजार ३ सय) घण्टा सेवा गरे वापत उनलाई उच्च सम्मान साथ प्रमाण पत्र वितरण गर्दै अध्यक्ष पन्तको मुक्त कण्ठले प्रसंसा समेत गर्नुभयो ।

मार्च ३ आइतबारका दिन बाल्टिमोरस्थित बाना सामुदायिक भवनमा आयोजित तेश्रो “बाना भवन ऋण मुक्त” कार्यक्रमको शुभारम्भ परिचय सहित उक्त अभियानमा सहयोग गर्नेहरुले आर्थिक सहयोगको घोषणा गरेका छन् ।

साथै त्यहा उपस्थित समुदायका अगुवाहरुले बानाले बोकेको ऋण मुक्त गर्न सबैको साथ र सहयोग हुनु पर्ने कुरामा बोलेका थिए । त्यहा उपस्थिति हुन् नसक्नेहरुको लागि अध्यक्ष पन्त लगायत सबैले समुदायका सदस्यहरुलाई सहयोग गर्न अपिल गरेका थिए ।

सबैले मेरिल्याण्डको छाता संगठन रहेको बाना सबैको साझा भएकोले एक जुट हुनु पर्ने आह्वान गर्दै यो बर्षको अन्त्य सम्म ऋण मुक्त गर्न सबैलाई अनुरोध गरिएको छ ।

अहिले सम्म बाना भवनमा अत्यधिक चन्दा दिनेमा बाना बोर्ड अफ ट्रस्टी (गुठी)का अध्यक्ष कुल आचार्य रहनुभएको छ ।

उहाँले अहिलेसम्म १५ ,४२२ डलर दिइसक्नुभएको छ । बाना भवन ऋण मुक्त अभियानको तेश्रो चरण सम्म कूल ९८,८६६ सङ्कलन गरिएता पनि १ लाख डलर सङ्कलनमा १,१३४ डलर अपुग भए पछि सबैलाई अपुग रकम थप्न आग्रह गरिएको छ ।

सोही क्रममा गुठी अध्यक्ष आचार्यले आफ्नो पहिलोको रकमलाई थप्दै १६,००१ डलर बनाउने घोषणा गर्दै भवनमा सबै भन्दा ठूलो चन्दादाता बन्नुभएको छ ।

त्यस्तै अध्यक्ष पन्तले अहिले सम्म ५ हजार ८ सय डलर दिइसक्नुभएको र थप ४,२०० डलर समेत दिने घोषणा गर्दै नपुगेमा थप गर्ने र डिसेम्बरसम्म ऋण मुक्त गर्ने अभियानमा लाग्ने बताउनुभयो । अहिलेसम्म बाना भवनका लागि कूल १ लाख ८ हजार डलर सङ्कलन भएको छ ।

कार्यक्रममा महाबाणिज्यदूत प्रेम राजा महत लगायत विभिन्न संघ, संस्थाका प्रतिनिधि, अध्यक्ष, ट्रस्टी सदस्य, ट्रस्टी पदाधिकारीहरु लगायत समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.