घुयँत्रो- ‘नेताहरूको सर्कश !”
शिक्षामन्त्री सस्मित पोखरेलका कुरा सुन्दा त के शिक्षामा देशले ठूलै फडको मार्ने कुरा गर्छन त हँ ! यिनका कुराले त हामी शिक्षामा फिनल्यान्डलाई नि जित्छम् कि जस्तो देखियो त हँ !
देशभरका २७ हजार विद्यालयमा नै पुगेर स्कुलको जग्गा कति छ ? भवन कति र कति कोठे छ्न् ? शिक्षक कर्मचारी कति छन् ? महिला शिक्षक कति छन् ? कति कक्षासम्म पढाइ हुन्छ ? विद्यार्थी कति छन् ? छात्रछात्रा कति छन् ? दलित तथा जनजाति र लोपोन्मुख अनि अल्पसंख्यक कति छन् तिनलाई शिक्षा दिने स्थायी दरबन्दीका र बिषयगत शिक्षक कति छन् भनेर भएभरको सारा विवरण लिने अरे !
अनि त्यैअनुसार देशभर समानुपातिक रुपमा शिक्षालाई अघि बढाएर देशलाई नमुना र अनुकरणिय शैक्षिक थलो बनाएर ५ वर्षमा कसैले नि अनुमान र कल्पनै गर्न नसकेको विकास गरेर देखाउने कुरा गर्छन त हँ- शिक्षा मन्त्री !
नेपालजस्तो अस्थिर राजनीति भएको मुलुकाँ ५ वर्षे योजना बनाएर अघि बढदा त्यस्ता योजनाले सफलता पाउलान् ? त्यसै त नेपालका तडापार भएका पुराना दलसहित हर्के साम्पाङ सहित दैनिक सदनमा आन्दोलनमा छन् ।
प्रधानमन्त्री बालेनको राजीनामा मागेर सदनमा सभामुखलाई वाक्कदिक्क बनाका यी ४ दल- एमाले, काँगेस, भूपू माओवादी र लाजसरम पार्टीका नेताका चटकले दिनकै सदन मनोरञ्जनको थलो भा’छ ।
प्रधानमन्त्री बालेन सदनमा आएर बोलेनन उनले जवाफ दिनुपर्ने ठाउँमा अर्थमन्त्रीलाई जवाफ दिन लाए भन्ने निहुमा सदनमा हङ्गामा गरेका यी नेताहरुले सरकार चलाउँदा नि देशलाई चटकै बनाएर छोडे ऐले विपक्षिमा हुँदानि त्यो हङ्गामा मच्चाउन छोड्या छैनन् ।
तर बालेन भने यी दलका नेताहरुका कुरा नसुनेर खुरुखुरु आफ्नै काममा लागेर दिनको यौटा न यौटा काम गरेर सरकार बनेको दुई मैनामा हरेक क्षेत्रमा “अब केही हुन्छ कि त !” भन्ने आशंका जनता मनाँ पैदा गरेर एकोहोरो कुदेका कुद्यै गरेका बालेनको गतिविधिले बिचरा यी ४ दलको हरिविजोग भा’छ ।
जसरी शिक्षा मन्त्रालयाँ उथलपुथल गर्न ला’छन त्यसैगरी बाँकी १७ मन्त्रालय र न्यायालयाँ उथलपुथल गर्दिने हो भने त जनताले सरकारप्रति यति ठूलो विश्वास जगाउने थे’कि जस्लाई तोडन विसाैँ जर्ष लाग्न सक्छ ।
हुन पनि ऐलेको दुई तिहाईको सरकारसित गुनासो भन्या यौटा कुरा मात्रै हो त्यो के भने प्रधानमन्त्री कमसेकम दिनको एकपटक सदनमा जाउन र उनले जवाफ दिनुपर्ने कुराको जवाफ दिएर जाउन । यति भएछि नेपाली जनतालाई केही चाहिया छैन ।
खास भन्ने हो भने अब सत्तारुढ दलका अध्यक्ष रवि लामिछानेलाई नि कास्की जिल्ला अदालतले क्लिन चिट दिइसक्यो अब सायद पालै शान्ति अरु अदालतले नि उनलाई नुहाई धुवाई गरेर सफा गरेर पठाउँदै छन् ।
किनभने अदालतका न्यायाधीशहरुको मुटुले नि ढ्याङ्ग्रो ठोक्या कतै मेरोनि जागिर जान्छ कि भनेर रविका मुद्दा रहेका न्यायाधीशहरु त कैले रविलाई छोडौँला र जागिर जोगाउँला भनेर आत्तिया छन् ।
अब खास गरी बालेनलाई अवरोध गर्या भन्या सर्वोच्चका ती न्यायाधीशहरु जसले सुकुम्बासी अभियान रोकिदिए । राजधानीमा चलेको सुकुम्बासी लखेटने अभियानलाई अदालतले अंकुस लाईदेछि तिरिमिरि देख्न पुगेका बाले अब अदातका न्यायाधीश फाल्ने अभियानाँ लाग्या छन ।
सरकारले चलाउने भन्या अभियान र त्यसले देखाउने परिणामसितै सय दिनाँ यो सरकारकाले ल्याउने अभियानले देशाँ एक्कासी भूईँचालो गएछि सायद जनताले था पाउलान कि अब बालेन सरकारको रहस्य यी ४ दलले था पाउने छन् कि बालेन राजीनामा दे हैन बरु प्रधानमन्त्री तिम्लाई हाम्रो साथ छ भन्दै सडकाँ चिच्याउने छन् । पुराना दल त अब केई नभए नि २५ वर्षका लागि कोमामा गए । उनरलाई लडने झगडने समय राम्रै मिल्ने भो ! जय होस् राजनीति !!




प्रतिक्रिया राख्नुहोस्