राजनीति

एमाले, माओवादी र रास्वपाबाट तीन मन्त्रीको नाम बोकेर प्रधानमन्त्री राष्ट्रपति निवासमा

सत्ता गठबन्धनमा भएको परिवर्तनसंगै नयाँ सरकार गठनको तयारीमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तत्काललाई तीनजना नयाँ मन्त्रीहरुको नाम बोकेर राष्ट्रपति निवास पुग्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड यसअघिको गठबन्धनका सबै मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेको व्यहोरासहितको पत्र बोकेर शीतल निवास पुग्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्ड कांग्रेस मन्त्रीले राजीनामा नदिएपछि हटाएर नयाँ मन्त्री बनाएको पत्र लिएर राष्ट्रपति निवास जानुभएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई नयाँ मन्त्रीहरूको शपथ सोमबार नै गराइदिन आग्रह गर्नुभएको छ ।

नयाँ मन्त्रिमण्डलमा अहिलेसम्म ३ जना मन्त्रीको टुंगो लागिसकेको छ । एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्ने पक्का भइसकेको छ ।

जसपाले पनि छिट्टै नै मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेको छ । मन्त्रिपरिषद्‍मा एमाले, माओवादी, रास्वपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई समेट्ने तयारी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.