प्रदेशलुम्बिनी

लुम्बिनीका मुख्यमन्त्रीद्वारा माओवादीका दुई मन्त्री बर्खास्त

सत्ता गठबन्धनमा नयाँ समीकरण बनेपछि प्रदेशहरुमा बर्खास्त गर्ने, राजीनामा गर्ने, विश्वासको मत फिर्ता लिने क्रम जारी रहेको छ ।

यसै क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।

मुख्यमन्त्री चौधरीले माओवादीबाट प्रदेश सरकारमा सहभागी अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गर्नुभएको हो ।

अब प्रदेश सरकारमा नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका मन्त्री छन् ।

मुख्यमन्त्रीले आफ्ना मन्त्रीहरुलाई बर्खास्त गरेपछि माओवादी केन्द्रले पनि बुधबार नै लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.