जन सरोकार

नल्लुमा एकैघरका पाँचजनाको एकसाथ मृत्यु

ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ नल्लुमा एकै घरमा पाँचजनाको मृत्यु भएको छ । समाचार अनुसार एकैघरका चारजना मृत फेला परेका र अचेत अवस्थमा फेला परेका दुई जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

ललितपुर प्रहरीले दिएको जानकारी अनुसार जिल्लाको कोन्ज्योसोम गाउँपालिका–४ नल्लुकी काइली स्याङतानको घरका केही व्यक्ति मृत र घाइते अवस्थामा फेला परेको खबर वडाध्यक्ष तीर्थ घलानले दिएपछि प्रहरीको टोली गइ अनुसन्धान गरेको थियो ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार मृत फेला पर्नेमा घरमूली ५५ वर्षीया काइली स्याङताङ, २२ वर्षीया बुहारी शुष्मा स्याङताङ, ९ वर्षीय नाति आशिष स्याङताङ र ५ वर्षीया नातिनी आश्मा स्याङताङ रहेका छन् ।

त्यस्तै, अचेत अवस्थमा फेल पर्नेमा २३ वर्षीय छोरा शुभाष स्याङताङ र दुई दिने नाति थिए । उपचारका क्रममा दुई दिने नातिको पाटन अस्पतालमा मृत्यु भएको र शुभाषको उपचार हुँदै गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button