राजनीति

प्रधानमन्त्री प्रचण्ड बिरुद्धको मुद्दा हेर्न नभ्याइएपछि

सशस्त्र जनयुद्धका क्रममा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने भनेर ३ वर्षअघि बोलेको कुरालाई लिएर प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध परेको रिट हेर्न नभ्याइने सूचीमा परेको छ ।

मंगलबार रिट दर्ता भएर आज फागुन २५ गते बिहिबारका लागि पेशी तोकिए पनि हेर्न नभ्याइएकाले उक्त रिटको पेसी शुक्रबारका लागि सारिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

ज्ञानेन्द्रराज आरणसहितले मंगलबार सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमाथिको सुनुवाइका लागि बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा तोकिएको थियो ।

न्यायाधीश श्रेष्ठ संयुक्त इजलासमा मुद्दा सुनुवाइमा हुँदा एकल इजलास बस्नै सकेन । न्यायाधीश श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलास थियो । सो मुद्दाको पेशी न्यायाधीश श्रेष्ठको इजलासमा चौथो र पाँचौँ नम्बरमा रहेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.