जापान

कोरोना संक्रमणका कारण संकटकाल लाग्नसक्ने : मन्त्रिपरिषदबाट विधेयक पारित

प्रधानमन्त्री शिन्जो आबे

जापानमा कोरोना भाइरस संक्रमण घट्नुको साटो बढ्दै गएपछि संकटकाल घोषणा हुनसक्ने संकेत प्रधानमन्त्री सिञ्जो आबेले गर्नुभएको छ । मंगलबार मन्त्रिपरिषद् बैठकले संकटकाल लगाउने सम्बन्धी विधेयकलाई पारित समेत गरेको छ ।

एनएचकेका अनुसार यो विधेयक सन् २०१२ मा नयाँ खालको इन्फ्लुएन्जा र अन्य संक्रामक रोगबिरुद्ध लड्नका लागि लाग गरिएको थियो । संशोधित विधेयक अबको दुई वर्षसम्म प्रभाववित रहनेछ । विधेयकले प्रधानमन्त्रीलाई संकटकाल घोषणा गर्ने अनुमति दिनेछ ।

सरकारले कोरोना संक्रमणलाई छिटोभन्दा छिटो साम्य पार्नका लागि चाल्नुपर्ने सबै कदम चाल्नु आवश्यक छ । यसअघि  प्रधानमन्त्री आबेले भाइरस प्रकोपका कारण यदि संकटकाल लगाउनुपरेमा नागरिक अधिकारमाथि पर्ने असरबारे पूरा जानकारी लिने बताउनुभएको छ ।
सोमबार संसदको माथिल्लो सदनमा संकटकाल लाग गर्ने अधिकार दिने विधेयकमाथिको छलफलका क्रममा सम्बोधन गर्दै आबेले अहिलेको खराब स्थितिमा संकटकाल लगाउनुपरेमा जनताको व्यक्तिगत जीवनमा कमभन्दा कम प्रभाव परोस् भन्नेमा सरकारले पूरा ध्यान दिने बताउनुभएको हो ।

छलफलका क्रममा सत्ताधारी दलका एक सांसदले प्रधानमन्त्री आबेसंंग संकटकालको घोषणापछि नागरिक अधिकार सीमित गर्ने विषयमा सचेत रहन आग्रह गरेपछि उहाँले सो टिप्पणी गर्नुभएको हो । उहाँले भन्नुभयो विशेषज्ञका अनुसार कोरोनाा भाइरस प्रकोप फैलने हो वा समाप्त हुने हो भन्ने गम्भीर मोडमा जापान रहेको बताउँदै यदि संकटकालको घोषणा भयो भने नागरिक अधिकार सीमित हनसक्छ । तर, संकटको स्थितिमाा पनि जनताको निजी जीवनमा कमभन्दा कम प्रभाव परोस् भन्नेमा ध्यान दिइनेछ ।

प्रधानमन्त्री आबेले क्रु्जमा रहेका संक्रमित बाहेक जापानको संक्रमण दर फ्रान्स र जर्मनीकोभन्दा निकै कम रहेको बताउँदै सरकार विदेशमा जापानको छवि खराब हुन नदिन प्रयास गरिहेको बताउँदै विशेषज्ञहरुलाई जापानको स्थितिका बारेमा सूचना दिन आग्रह गर्ने समेत बताउनुभयो ।

जापानमा अहिलेसम्म १६ जनाको मृत्यु भैसकेको छ जसमध्ये ९ जनालाई जापानमै संक्रमण भएको थियो भने सातजना क्रुजका यात्रु रहेका छन् ।

एनएचकेका अनुसार सोमबार साँझसम्मको तथ्यांक अनुसार जापानमा संक्रमितको संख्या ५०० नाघेको छ । यसका अतिरिक्त डायमण्ड प्रिन्सेस क्रुजमा रहेका ६ सय ९६ जनामा संक्रमण पाइएको छ भने चीनबाट उद्धार गरी ल्याइएका १४ जना संक्रमित छन् ।

जापानमा होक्काइदोमा सबैभन्दा बढी संक्रमित रहेका छन् । पछिल्लो विवरण अनुसार होक्काइदोमा १०८, आइचीमा ८० र राजधानी टोकियोमा ६४ जना, ओशाकामा ५५ र कानागावामा ४१ जना संक्रमित भएका छन् । पछिल्लो समय स्वास्थ्य मन्त्रालय र क्यारेन्टाइन अधिकारीहरु पनि संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म ६१ गम्भीर बिरामीलाई भेण्टिलेटरमा राखिएको छ, जसमध्ये ३१ जना क्रुजका यात्रु थिए । त्यस्तै शुक्रबारसम्म ३ सय ११ जना स्वस्थभएर घर फर्किएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.