नेपालको अवस्था इटालीको जस्तो नहोला भन्न सकिन्न (भिडियोसहित)
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वव्यापी भएको छ । सुरुमा चीनमा यसको प्रकोप फैलदा पश्चिमा मुलुकहरुले चीनको खिल्ली उडाउँदै यो रोग चिनीयालाई मात्र लाग्छ भनेर लापरवाही गर्दा विश्वका शक्तिशाली मुलुकहरुमा फैलिएको छ ।
कोरोना संक्रमित वुहानको प्रख्यात अस्पतालमा कोरोना संक्रमितहरुको उपचार गरेर नेपाल फर्किएका डा. रमेश आचार्य जो १६ दिन खरिपाटी क्वारेन्टाइनमा बसेका थिए, उनले कोरोना अनुभव र यसको यथार्थबाट हालै संवाद क्लबमा आयोजित साक्षात्कारमा आफ्नो अनुभव सुनाएका छन् ।
यो भाइरस कोरोनाको ६ प्रजातिमध्ये सबभन्दा नयाँ प्रजाति हो र यसले ३ देखि ५ जनासम्मलाई सार्नसक्छ । त्यस्तै यो भाइरस चर्को घाममा २ घण्टाभित्र निस्क्रिय हुन्छ । ३० डिग्रीभन्दा माथीको तापक्रममा यो भाइरस सक्रिय हुन सक्दैन ।
यो भाइरसबाट डराउने हैन कि सचेत हुनुपर्ने छ । नेपालमा भाइरसका संक्रमणको रोकथामका बारेमा गरिएको सामान्य कामले नेपाल इटालीको अवस्थामा नपुग्ला भन्न नसकिने चेतावनी समेत दिएका छन ।
यतिबेला चीनले कोरोना संक्रमण र मृत्युदरलाई व्यापक घटाउन सफल भएको छ । चिनीया राष्ट्रपति सी जिङपिङले आफैं पहल गरेर संक्रमण रोकथाममा सफलता पाइरहेको बताउँदै उनले चीनको खिसी गर्नेहरु अहिले संक्रमणको शिकार भएको बताए ।
अमेरिकी पत्रिकाले चिनीयाहरुलाई मात्र लाग्ने रोग र चीनको उपचारपद्धति अत्यन्तै कमजोर रहेको टिप्पणी गर्दै वेवास्ता गरेका कारण अहिले अमेरिकामा संक्रमण बढेको बताउँदै यो भाइरस अहिले चर्चा गरिए जस्तो हावाबाट, मान्छे भेट्नेबित्तिकै नसर्ने भएकाले यसप्रति सचेत रहनुपर्ने उनको सुझाव छ ।
पछिल्लो समय इटाली पूर्णरुपमा संक्रमित भयो । इटालीले आफूलाई विश्वकै अब्बल मुलुकमा रुपमा लिने गरे पनि कोरोनाप्रति सचेत नहुँदा अहिलेको अवस्था आइपरेको उनको बुझाइ छ ।
नेपालले के गर्ने ?
ती चिकित्सकका अनुसार नेपालमा कोरोना संक्रमण नदेखिएको दावी सरकाले गरे पनि नेपालबाट गएका एक स्पेनीको मृत्यु भयो, अस्ट्रेलियामा नेपालबाट गएका विद्यार्थी कोरोना संक्रमित भए । त्यसतै युएईमा दुई नेपाली संक्रमित भेटिए । यो नै नेपालमा संक्रमणको सम्भावना हो ।
अब हामीले कोरोनाप्रति सचेत हुनैपर्छ । यसका लागि सबभन्दा पहिला प्रत्येक घरमा थर्ममिटर राख्नुपर्ने उनको सुझाव छ । त्यसै गरी सरकारले प्रत्येक व्यक्तिको तापक्रम रेकर्ड गर्ने एप बनाउनु आवश्यक छ ।
नेपालमा सबैभन्दा बढी भीडभाड हुने क्षेत्र भनेको मन्दिर, मल, डिपार्टमेन्टर स्टोरहरु हुन् । नेपालमा चीनको जस्तो यहाँ सार्वजनिक यातायातमा बढी भीड हुँदैन । तर, पशुपति जस्तो धार्मिक स्थलमा बढी सतर्कता अपनाउनुपर्छ । पशुपति दर्शन गर्दा जुत्ता फुकाल्नुपर्छ । जुत्ता फुकालेर आउँदा खुट्टामा भाइरस बोकेर आउँदैन भन्ने ग्यारेन्टी छैन ।
संक्रमण नभएको मानिसले घरमा सार्न सक्छ । यस्तो स्थितिमा मन्दिर लक डाउन आवश्यक छ । त्यस्तै स्कूल, कलेजहरु बन्दभन्दा ढोकामा मानिस जाँदा र आउँदा तापक्रम रेकर्ड गर्नुपर्छ ।
त्यसै गरी काठमाडौंका मल तथा सुपरमार्केटहरुमा जाँदा त्यहाँ जानेहरुको तापक्रम जाँच्ने व्यवस्था हुनैपर्छ । विमानस्थलमा मात्र तापक्रम नापेर हुँदैन । बसपार्कमा के गर्ने, मलमा के गर्ने । यो दुई महिनामा चीन लगायत विश्वका अन्य मुलुकबाट ८० देखि ९० हजार मानिस आए । बाहिरबाट आएका मानिसहरुको डाटा लिएका छैनौं । यो ८० देखि ९० हजार मानिसको स्क्रिनिङ आवश्यक छ । ती मानिससंग निकट भएकाहरुको पनि अनुगमन गर्नु आवश्यक छ । यदि यो गरिएन भने इटालीको अवस्था यहाँ आउँछ ।
https://www.facebook.com/merogathanepal/videos/1463796367124674/
प्रतिक्रिया राख्नुहोस्