राजनीति

बाँस्कोटाको घरमा बम प्रहारपछि प्रचण्डको टिप्पणी- "आतंककारी समूहबाट बम प्रहार"

अध्यक्ष दाहाल

बुधबार विहान भक्तपुरको लोकन्थलीमा पूर्वमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरमा भएको बम आक्रमणपछि सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डले आतंककारी समूहले बम प्रहार गरेको टिप्पणी गर्नुभएको छ । बाँस्कोटाको घरमा प्रतिबन्धित विप्लव समूहले बम प्रहार स्वीकारिसकेको छ ।

बाँस्कोटाको घरमा बम बिस्फोटपछि बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले पार्टीका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य र पूर्वमन्त्री बाँस्कोटाको भक्तपुर मध्यपुर नगरपालिका वडा नम्बर १ लोकन्थलीस्थित निजी निवासमा आतंककारी समूहले बम विस्फोट गरेको बताउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘बाँस्कोटाको निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्‍याएको छ । म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भ्रत्सना गर्दछु । घटनामा संलग्न अपराधीहरूलाई नियन्त्रणमा लिन र कडा कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।’

विप्लव समूहले मन्त्री हुँदा बाँस्कोटाले विभिन्न परियोजनामा घुस मागेको र अर्कातिर आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउने काम गरेकाले कारबाहीस्वरूप विष्फोट गरिएको घटनास्थलमा भेटिएको पर्चामा लेखिएको छ ।

१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले।

२. २४ अर्बको स्याटेलाइट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टाचार गरेकाले।

३. १९ अर्बको फोरजी सेवा विस्तारका दौरान करोडौं रकमको दुरूपयोग गरेकाले।

४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौं कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका खेलेकाले।

५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा-सुविधाका नाममा करोडौं हिनामिना गरेकाले।

६. सरकारको प्रवक्ता पदको दुरूपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले।

७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासीवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले।

८. राष्ट्र, जनता र क्रान्तिका विरूद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले।

९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले।

१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले।

इ-रातो खबर डटकमले छापिएको विप्लव नेकपाको पर्चा यस्तो छ-

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.