जापान

कोरोनाका कारण छोराछोरीको हेरचाहमा विदा लिनेलाई आर्थिक सहायता

जापान सरकारले कोरोना संक्रमणका कारण विद्यालयहरु बन्द रहेकाले छोराछोरीको हेरचाहका लागि घरमा बस्ने बाध्यता रहेका अभिभावकलाई आर्थिक सहायता दिने भएको छ । कोरोना भाइरस संक्रमणको सामना गर्न सरकारले मञ्जुरी दिएको दोस्रो प्याकेजमा सो कुरा उल्लेख छ ।

मंगलबार बसेको कोरोना सम्बन्धी कार्यदलको बैठकमा चार खर्ब ३० अर्ब येन (४ अर्ब अमेरिकी डरलभन्दा बढी) रकमको सो प्याकेजलाई मञ्जुरी दिएको हो ।

एनएचकेका अनुसार प्याकेजमा विद्यालय बन्दका कारण अभिभावकले भोग्नुपरेको आर्थिक क्षतिको क्षतिपूर्ति गर्नुका साथै उनीहरुका लागि आयआर्जनको नयाँ उपायहरु पनि तय गरिनेछ ।

त्यसै कोरोनाका कारण क्षति भोगेका साना व्यवसायीहरुलाई शून्य व्याजदरमा विना धितो ऋण उपलब्ध गराइने योजना पनि सामेल छ ।

यसबीच मंगलदबार साँझसम्म जापानमा १२ जना नयाँ संक्रमित फेला परेका छन् । त्यसमध्ये एकजनाको मृत्यु भएको छ । कानागावामा एक ८० वर्षीया वृद्धाको मृत्यु भएको हो ।
नयाँ संक्रमितमध्ये यागामा ४, निगाता र होक्काइदोमा ३, ३ जना तथा क्योटोमा १ यो समेत गरी जापानमा डायमण्ड प्रिंसेस क्रूज़ जहाज़मा रहेका ६ सय ९६ बाहेक ५ सय २० पुगेको छ ।

त्यसै गरी अहिलेसम्म १७ जनाको मृत्यु भैसकेको छ, जसमध्ये १० जना जापानमा संक्रमित भएका भएका भने सातजना क्रूजका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार तक ५६ जना संक्रमितको अवस्था गम्भीर बनेको छ यीमध्ये २३ जना क्रुज जहाजमा आएका छन् । त्यसै गरी यस अवधिमा ३ सय ४६ जना उपचारपछि घर फर्केका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.