राजनीति

देशलाई जोगाउने पार्टी भनेकै माओवादी : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई अप्ठ्यारो पर्दा जोगाउने र दिशा निर्देश गर्ने पार्टी भनेकै नेकपा माओवादी केन्द्र भएको बताउनुभएको छ ।

कर्णाली प्रदेशको सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले बेला बेला परिवर्तनका मुद्दा उल्टाउने र फेरी पुरानै ठाउँमा लिएर देशलाई डुबाउन खोज्ने विरुद्ध माओवादी सचेत भएको बताउनुभयो ।

उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै ओली प्रवृत्तिविरुद्ध आफ्नो लडाइँ रहेको बताउनुभयो । हामीले सबै स्वार्थ त्याग गर्न तयार भएर नै वर्तमान अवस्थामा सफलता हासिल भएको उहाँको भनाइ थियो ।

उहाँले आगामी निर्वाचनमा ढुक्क भएर लाग्न आग्रह गर्नुभयो । “कर्णाली भनेको माओवादीको आधार इलाका हो”, उहाँले भन्नुभयो, “तपाइँहरु आगामी निर्वाचनमा पहिलो शक्तिका रूपमा स्थापित हुने गरेर मैदानमा होमिनुस् ।”

उहाँले एमसिसीको विषयमा माओवादीले देशलाई ठूलो दुर्घटनाबाट बचाएको बताउनुभयो । एमसिसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “हामीले अन्ततः केन्द्रीय समितिबाट पार्टीलाई एकताबद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन अभियानमा जाने र यो विषयमा भएका मतभेदलाई एउटा फोरममार्फत निष्कर्ष निकाल्ने भनेर केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेपछि एमसिसीसम्बन्धी सम्पूर्ण विषयको समाधान भएको छ ।”

अहिलेको सत्ता गठबन्धन स्थानीय चुनावसम्मा जाने र सकेसम्म अझै परसम्मा लैजाने योजनासमेत रहेको उहाँको भनाइ थियो । अध्यक्ष प्रचण्डले माओवादी केन्द्र पार्टीले पार्टीलाई एकताबद्ध गर्दै निर्वाचन अभियानको कार्यक्रम तयार पारिएकाले हाल त्यसैको अभियानमा हिँडेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.