कर्पोरेट/पर्यटन

बन्दीपुरको पर्यटन प्रबद्र्धनमा मिनी ग्रेटवाल- झल्को दिन्छ चीनको ग्रेटवालको

विश्व सम्पदा सूचीमा रहेको चीनको ग्रेटवाल संसारभरका मानिसहरुका लागि एउटा प्रमुख गन्तव्य बनेको छ । ईसा पूर्व पाँचौँ शताब्दीदेखि सोह्रौँ शताब्दीसम्म सामूहिक पर्खालहरुबाट बनाइएको ग्रेटवालको विशालताको यति छ कि अन्तरिक्षबाट पृथ्वीमा देखिने एउटैँ मात्र संरचना यही हो ।

यही गेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा मिनी ग्रेटवालको निर्माण भैरहेको छ र यसलाई स्थानीइ, प्रदेश तथा संघीय सरकारले समेत उच्च प्राथमिकतामा राखेको छ । निर्माण भईरहेको मिनीग्रेटवालको लागि सङ्घीय सरकारले प्राथमिकता दिएको छ । ग्रेटवालको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार करोड ५५ लाख बजेट निकासी गरिदिएको छ ।

ठुलो रकम विनियोजन भएपछि पर्यटनले फड्को मार्ने विश्वास पर्यटन व्यवसायीको छ । रकम अभावले काम अघि बढाउन समस्या परिरहेको अवस्थामा सङ्घीय सरकारबाट प्राथमिकतामा परी वजेट निकासी भएपछि बन्दीपुरबासीहरुमा खुसी छाएको छ ।

मन्त्रालयले वजेटको व्यवस्था गरी ग्रेटवाल निर्माणका लागि साझेदारी गर्ने भएपछि बन्दीपुरका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका अनुसार ग्रेटवालको लागि रु चार करोड ५५ लाख बजेट विनियोजन गरेको छ ।
पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत लागत साझेदारीमा सम्बन्धित स्थानीय तहले रु दुई करोड ४५ लाख व्यहोर्नुपर्ने गरी मन्त्रालयले सात करोड रुपियाँको व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले गोरखापत्रलाई जानकारी दिनुभयो । रकम विनियोजन भएपछि निर्माण कार्य अघि बढाउन सहज भएको अध्यक्ष थापा बताउनुहुन्छ ।

सो रकम विनियोजन गरेसँगै ग्रेटवाल निर्माणले मूर्त रुप पाउने वातावरणको सृजना भएको गाउँपालिकाले जनाएको छ । तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङले वजेट निकासी भएको खबर अत्यन्त खुसी लागेको बताउनुभयो । ‘‘पर्यकटकीय दृष्टिले महत्वपूर्ण ठाउँ छनोटमा परेको छ यसले पर्यटन क्षेत्रमा फड्को मार्न मद्धत पु-याउँछ’’ अध्यक्ष गुरुङले भन्नुभयो । बन्दीपुर गाउँपालिकाको आर्थिक सहयोगमा ग्रेटवाल निर्माणको काम अगाडि बढाइएको थियो । पालिकासँग रकम थोरै भएकोले रकम माग गरिएको थियो ।

पदमार्गमा घोडाबाट सवार गर्ने व्यवस्था मिलाईने अध्यक्ष थापा बताउनुहुन्छ । टिकट काटेर घोडाको सवार गरिने हुँदा गाउँपालिकालाई आम्दानी हुने तथा स्थानीय युवाले रोजगार पाउने हुँदा दोहोरो फाईदा हुने विश्वासमा मिनी ग्रेटवाल निर्माण गत वर्षदेखि शुरु गरिएको अध्यक्ष थापा बताउनहुन्छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ । गाउँपालिकाका अनुसार पदमार्ग निर्माण पछि स्थानीय युवालाई घोडा चलाउने तालिम प्रदान गरिने र पर्खाल वरपर पूmलबारी निर्माण गरिने छ ।

काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ । मिनी ग्रेटवाल निर्माणले बन्दीपुरमा आउने पर्यटकलाई थप आर्कषण हुने भएकोले बन्दीपुरमा पर्यटक थप वृद्धि हुने अपेक्षा गरिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताउनुभयो । मिनी ग्रेटवाल निमार्ण नौलो काम भएकोले आर्कषक लागेको स्थानीयहरुको भनाई छ ।

मणिमुकुन्दसेन पर्खाल (मिनीग्रेटवाल) नामाकरण गरिएको यो एक हजार एक सय मिटर लामो बनाईनेछ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडासम्म बनाइने छ । प्राकृतिक दृश्य अवलोकन र सुन्दरताको कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण पछि पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाले ७० लाख रुपैयाँ बजेट निकासा गरेकोमा अपुग हुने भएकोले मन्त्रालयमा माग भए अनुरुप बजेट प्राप्त भएको उपाध्यक्ष गुरुङ बताउनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.