अर्थ

सुनको मूल्य तोलामा तीन हजारले घट्यो

निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा शुक्रबार अनपेक्षित रुपमा रु तीन हजारले घटेको छ । बिहीबार रु ८१ हजार ५०० मा कारोवार भएको प्रतितोला छापावाल सुन आज ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार गत मङ्गलबार तोलाका रु ८२ हजार ७०० मा कारोवार भएकोे पहेँलो धातुको मूल्यमा बुधबार रु २०० ले कमी आएको थियो भने बिहीबार रु ८०० ले घटेको थियो । चाँदीको मूल्यमा पनि रु ४० ले गिरावट आएको छ । आज असली चाँदीको मूल्य रु ८२० कायम भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.