अनेरास्ववियू नेता बलात्कारी प्रमाणित : साढे आठ वर्ष कैद सजाय
तिहारमा भैलो खेल्ने बहानामा आफ्नै घरमा बोलाएर एक युवतीलाई बलात्कार गरेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै सजायँ तोकेको छ ।
जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई दोषी ठहर गर्दै आठ वर्ष ६ महिना कैद तथा पीडित युवतीलाई एकलाख पचास हजार रुपैयाँ क्षतिपूर्ति तिर्नु पर्ने फैसला सुनाएको छ ।
पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि राईलाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि प्रहरीले काठमाडौं जिल्ला अदालतमा जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गरेको थियो ।बलत्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बेला राईलाई अनेरास्ववियुुले निलम्बन गरेको थियो ।
रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियू नेता राईले भाईटीकाको अघिल्लो दिन ११ कात्तिकमा आफ्नै साथीकी बहिनीलाई देउसीभैलो खेल्न आउनू भनेर बोलाएको र मोटरसाइलमा माकलबारीस्थित आफन्तको डेरामा लगेर बलात्कार गरेको उजुरी परेको थियो ।