जापान

एनपीओ गल्कोट समाज जापानद्वारा २६ लाख आर्थिक सहयोग

जापानमा कार्यरत रहेका अवस्थामा मृत्यु हुनुभएका गल्कोट नगरपालिका-६ खुईल घर स्व. डिलबहादुर बुढाथोकीको परिवारलाई एनपीओ गल्कोट समाज जापानद्वारा २६ लाख आर्थिक सहयोग प्रदान गरिएको छ । स्व. बुढाथोकीका श्रीमती, दुई छोरी र दुई छोराहरु हुनुहुन्छ ।



संस्थाका महासचिव कृष्ण केसीले बुढाथोकी परिवारको आर्थिक स्थिति नाजुक भएको कारण गल्कोट समाज जापानद्वारा आर्थिक सहयोग अभियान संचालन गरी संकलन भएको २६ लाख येन स्व. डिलबहादुर बुढाथोकीका छोराछोरीहरुको संयुक्त खाता खोली नगद जम्मा गराइएको जानकारी दिनुभएको छ ।

संस्थाका अध्यक्ष दिलु खत्रीले पारिवारिक स्थिति नाजुक भएको कारण संस्थागत रुपमा आर्थिक सहयोग अभियान चलाइएको जानकारी दिदै यो अभियानमा सहयोग गर्नुहुने संस्थाका पदाधिकारीहरु सहित सम्पूर्ण सहयोगदाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ ।

सम्बन्धित खबर

Back to top button