राजनीति

अध्यक्ष प्रचण्डलाई ओलीको फोन- भेटघाटको प्रस्ताव, माधव समूहले गर्यो भेला

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरी भेटको प्रस्ताव गर्नुभएको छ ।

एकीकरण भंग भएर दुई पार्टी अस्तित्वमा आएपछि प्रधानमन्त्री ओलीले प्रचण्डसंग भेटघाटको पहल गर्नुभएको यो पहिलोपटक हो । सोमबार नै ओली र ममाधवकुमार नेपाल समूहबीच पनि छलफल भएका थियो ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि अध्यक्ष ओलीले प्रचण्डलाई फोन गरेर भेटवार्ताको प्रस्ताव गरे पनि प्रचण्डले भेटका लागि रुची नदेखाएको बताइएको छ ।

यस गरी एमाले अध्यक्ष ओलीसंग सामूहिक छलफल गरेको माधव नेपाल समूहले वानेश्वरको एक होटलमा भेला गरेको छ । नेपाल पक्षले यही चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने जनाएको छ ।

सम्बन्धित खबर

Back to top button