राजनीति

प्राकृतिक विविधतायुक्त नेपाल गरिबी र पछ्यौटेपनमा रहन सक्दैनः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हिमाल, पहाड र तराईका प्राकृतिक विविधतायुक्त नेपाल गरिबी र पछ्यौटेपनमा रहिरहन नसक्ने बताउनुभएको छ ।

मंलबार पर्सा जिल्लाका जनप्रतिनिधिसहित जनता समाजवादी पार्टीका विभिन्न कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउँदै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले नेपालले आफ्नो उत्पादन गरेर अरु मुलुकलाई निर्यात बढाउनेतर्फका योजना अघि सारेर आत्मनिर्भर मुलुक बनाउने एमालेको अभियानमा साथ दिन आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले औद्योगिक क्षेत्रको विस्तार, उत्पादन र रोजगारी बढाएर मुलुकलाई राष्ट्रिय अर्थतन्त्रलाई माथि लान सीता जन्मभूमि जानकी क्षेत्रको मधेश प्रदेश सक्षम भएको बताउनुभयो ।

एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्च र युवा सङ्घ नेपाल, भक्तपुर शाखाले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले पर्साको पोखरिया नगरपालिकाका–६ का वडाध्यक्ष सियानन्दप्रसाद चौहान र जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनका मुख्यसचिव राकेश महतोलगायतलाई प्रवेश गराउनुभएको हो ।

नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष ओलीले एमालेको देश बनाउने सही बाटो र गन्तव्यलाई मान्दै अहिले विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको बताउनुभयो ।

उहाँले आफ्नो सरकारको कार्यकालमा सुरु भएको वीरगञ्ज–काठमाडौँ रेलजस्ता आयोजना अघि बढाउन एमालेले पुनः सरकारको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमालेका नेता महेश बस्नेतले विगतमा एमालेले मधेश जागरण अभियान सञ्चालन गर्दा अवरोध गर्न खोज्नेले अहिले पछुताउन थालेको जनाउँदै मधेशको समृद्धि र विकासका लागि अध्यक्ष ओली नेतृत्वकै सरकारले काम गरेको जिकिर गर्नुभयो । युवासङ्घका अध्यक्ष किरण पौडेलले एमालेमा युवाको आकर्षण बढ्दै गएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.