राजनीति

उपराष्ट्रपतिका उम्मेदवारहरुको एउटै स्वर

यही चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहनुभएकामा प्रमिला कुमारीले यसअघि नै निष्क्रिय बस्ने घोषणा गरिसक्नुभएको छ ।

राजनीतिक दलले त्यसलाई उपयोग गर्न नजानेर अनेक खालको टीप्काटिप्पणी हुँदैआएको उपराष्ट्रपतिका उम्मेदवारले प्रतिक्रिया दिनुभएको छ ।

यसैबीच, उपराष्ट्रपति पदका उम्मेदवार नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूलाई सफलता मिलेमा संविधानको सर्वाेच्चतालाई कायम राख्ने, संरक्षण गर्ने, राष्ट्रियताको प्रवर्द्धन र राष्ट्रको संरक्षण गर्ने तथा सबैलाई संरक्षकत्व र अभिभावकत्व प्रदान गर्ने कार्यमा काम गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “म विजयी भएको खण्डमा पदको गरिमालाई कायम राख्दै सबैलाई अपनत्व प्रदान गर्ने भूमिकाका लागि कोसिस गर्नेछु । मतदातासमक्ष यसैका लागि आशा भरोसा राखेर मत मागेको छु, मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको छु ।”

उपराष्ट्रपतिकै उम्मेदवार जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवले नेपालको संविधानको पालना र रक्षाका लागि आफनो उम्मेवारी भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचित भएको खण्डमा राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न, संविधान र कानूनको कार्यान्वयनमार्फत मुलुकलाई शान्ति र समृद्ध तुल्याउने कार्यमा मेरो भूमिका रहनेछ ।”

दुवै उम्मेदवारले राजनीतिक दल, तिनका संसदीय दलका नेता तथा मतदातालाई प्रत्यक्ष भेटेर तथा टेलिफोन सम्पर्क गरी आ–आफ्नो पक्षमा मतदान गर्न र त्यसका लागि वातावरण बनाउन आग्रह गरिरहनुभएको छ ।

निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएकोछ ।

आयोगले उम्मेदवारलाई मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत÷हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न सुझाव दिएको छ ।

मतदानका दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानमा सहभागी भई अमूल्य मतदान गर्न निर्वाचकमण्डलका सदस्यलाई आयोगले अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.