कतार एयरवेजको दोहा-काठमाडौं उडान तालिका सार्वजनिक, मध्यपूर्वका नेपालीलाई राहत
अमेरिका र इजरायलले इरानमाथि संयुक्र हमला गरेपछि मध्यपूर्वका हवाई उडान अबरुद्ध भैरहेका बेला कतारको अबरुद्ध हुन पुगेको कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजले काठमाडौं उडान तालिका सार्वजनिक गरेको छ ।
क्षेत्रीय तनावका कारण उडान व्यवस्थापनमा चुनौती बढिरहेका बेला दोहा–काठमाडौं हवाई सम्पर्क कायम रहने संकेतलाई सकारात्मक मानिएको छ ।
तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडानहरू प्रभावित भइरहेका बेला कतार एयरले राजधानी दोहाबाट विभिन्न देशका उडान तालिका सार्वजनिक गरेको छ । सो तालिकामा काठमाडौं पनि परेको छ ।
सार्वजनिक गरेको तालिकाअनुसार १६ र १७ मार्च अर्थात् चैत २ र ३ गते दोहा–काठमाडौं उडान हुने छ । यसै गरी १७ र १८ मार्च अर्थात् चैत ३ र ४ गते काठमाडौं–दोहा उडान तालिका तय भएको छ ।
नेपालबाट कतार जान चाहने वा दोहा ट्रान्जिट हुँदै अन्य गन्तव्यमा जाने यात्रुहरूले यो उडानको सुविधा लिन सक्नेछन् ।
कतार एयरवेजले काठमाडौंसँगै नयाँदिल्ली, मुम्बई, ढाका, बैंकक, इस्तानबुल, लन्डन, पेरिस लगायतका एसियाली तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरूमा पनि विशेष उडान गर्दैछ ।
हाल मध्यपूर्व क्षेत्रमा तनाव बढेसँगै केही देशहरूले हवाई मार्गमा सतर्कता अपनाइरहेका छन् र कतिपय उडानहरू रद्द वा मार्ग परिवर्तन गरिएको अवस्था छ ।
दोहा विश्वका प्रमुख ट्रान्जिट हबमध्ये एक भएकाले नेपाल आउने तथा बाहिरिने यात्रुका लागि यस उडानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
यस्तो अवस्थामा उडान तालिका कायम रहनुले यात्रुहरूलाई यात्रा व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ । उडानले मध्यपूर्वमा कार्यरत नेपाली कामदारहरू, नेपाल फर्कने यात्रु तथा विदेश जाने विद्यार्थीका लागि दोहा–काठमाडौं उडान अत्यन्त महत्वपूर्ण मानिन्छ ।





प्रतिक्रिया राख्नुहोस्