अर्थ

आयल निगममा तेलको भण्डार प्रशस्त, बजारमा पेट्रोलको हाहाकार

इन्धन

सोमबार राजधानी उपत्यकाका अधिकांश पेट्रोल पम्पहरुमा पेट्रोल छैनको सूचना टाँसिएको थियो भने खुलेकाहरुमा लामो लाइन लाग्यो । विश्व कोरोना भाइरसको महामारीका कारण संकटमा परिरहेका बेला बजारमा पेट्रोलको अभाव देखिंदा आम उपभोक्तामा एक किसिमको छटपटी बढेको छ ।

उता नेपाल आयल निगमले प्रशस्त मात्रामा तेलको संचिती रहेको जनाएको छ । तर, काठमाडौं उपत्यकामा अधिकांश पेट्रोल पम्पहरु बन्द छन् । डिपोहरुले आइतबार विहानै तेल नपाइने हल्ला चलाएर भएभरको तेल विक्री गरिसकेका छन् । बजारमा कृत्तिम अभाव सृजना भएको छ ।

भारतसंगको सीमानाका सीमित मात्रामा मात्र खुला भएका कारण कतै पेटेलियम आयात पनि घटेर अभाव भएको त हैन भन्ने आशंका आम उपभोक्तामा देखिएको छ । तर, वास्तविकता भने अर्कै छ । त्यो हो मूल्य समायोजन । नेपाल आयल निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्छ । अंग्रेजी क्यालेन्डर अनुसार महिनाको १ र १६ तारिखमा मूल्य समायोजन गर्ने गरेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा या घट्दा समायोजन हुने गर्छ । अहिले सँसारभर कच्चा तेलको मूल्य ह्वात्तै घटेको छ । यस अवस्थामा निगमले पेट्रोल र डिजेलको मूल्य घटाउनुपर्ने हुन्छ तर घटाउनु अघि किन बजारमा पेट्रोल सप्लाई गरेन भन्ने प्रश्न भने उठेको छ ।

त्यसो त सोमबार अपरान्हसम्म निगमले तेलको मूल्य समायोजन गरेको छैन तर, तेल पम्पहरुले केही दिनमै तेल ट्याक रित्ताएर बसेका छन् । उनीहरुले निगमको डिपोबाट तेल माग गरेका छैनन् । सस्तोमा किनेर महङ्गोमा बेच्न पाइए तेल माग गर्ने डिपोहरुले यसपटक मौनता साँधेका छन् । उनीहरु तेल सस्तिएपछि मात्र खरिद गर्ने गरी प्रतिक्षामा छन् ।

निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसार समयमै समायोजन नगर्दा यस्तो समस्या देखिएको हो । अहिलेको मूल्य अनुसार निगमले पेट्रोल, डिजेल र हवाई इन्धनमा भारी नाफा लिइरहेको छ । निगम स्रोतका अनुसार १५ दिनभित्र निगमले झण्डै ५० करोड मुनाफा गरिसकेको छ । यसअघिको १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारले ५० डलरको हाराहारीमा हुँदा २० करोड मुनाफा गरेको थियो । अहिले कच्चा तेलको मूल्य ३० देखि ३४ डलरको बीचमा छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.