राजनीति

कालापानीमा इन्डियाको अतिक्रमणबिरुद्ध जेनेभामा प्रदर्शन

नेपाल र इष्ट इण्डिया कम्पनीबीच भएको सुगौली सन्धि खारेज भैसकेकाले त्यसअघिको नेपालको सीमा कायम गर्न अभियान चलाइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका समर्थकहरुले जेनेभामा प्रदर्शन गरेका छन् ।

ग्रेटर नेपालप्रतिको समर्थन र इन्डियाले कालापानीमा गरेको अतिक्रमणलाई लिएर मानवअधिकारका क्षेत्रमा काम गरिरहेका अन्तर्राष्ट्रिय संघसंस्थाले जेनेभामा सो विरोध प्रदर्शन गरेका जेनेभामा बसोबास गर्दै आएका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका समर्थक लोप्साङ शेर्पाले दिनुभएको छ ।

समाचारमा जनाइएअनुसार “नेपाली भूमिमा इन्डियाको अवैध अतिक्रमण” भन्ने ब्यानरसहित यही मार्च महिनाको ११ तारिखका दिन जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद् भवन अगाडिको ब्रोकन चेयरमा शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।

स्विटजरल्यान्डका अन्तर्राष्ट्रिय मानव अधिकार आन्दोलन’, ‘खियाम पुनर्वास केन्द्र’ र ‘विश्वव्यापी मानव अधिकार परिषद’ नामक संस्थाहरूको संयुक्त आयोजनामा भएको उक्त विरोध कार्यक्रममा उपस्थित प्रदर्शनकारीहरूले हातमा ग्रेटर नेपालको नक्सा अंकित पोस्टरका साथै “नेपालमाथि भारतीय हस्तक्षेप बन्द गर” र “कालापानीबाट पछि हट्” लेखिएका ब्यानर लिएर ब्रोकन चेयरमा इन्डियाविरोधी नारा लगाएका थिए ।

इन्डियाले नेपालमाथि गरेको ज्यादतीविरुद्ध आवाज उठाउन जेनेभाको ब्रोकन चेयरमा आयोजित विरोध कार्यक्रममा आयोजकहरूले सुगौली सन्धिअनुसार कालापानी नेपाली भूभाग भएकाले इन्डियाको अतिक्रमण स्वीकार्य नहुने र यस परिस्थितिमा नेपाल र इन्डियाबीच विशेष सम्बन्ध छ भन्नु अत्यन्तै हास्यास्पद भएको बताएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.