संसदीय राजनीतिबाट विदा लिने डा. सिके राउतको घोषणा
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अब संसदीय राजनीतिबाट अवकाश लिंदै अधिकारका लागि संघर्ष गर्ने घोषणा गर्नुभएको छ ।
मधेशको वैकल्पिक राजनीतिक दलका रुपमा २०७९ सालको आम निर्वाचनमा उदाएको सिके नेतृत्वको जनमतले यसपटक एक स्थानमा पनि जित हात पार्न सकेन । यसै विषयमा सोमबार प्राइम टीभीको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’संगको कुराकानीमा उहाँले सो घोषणा गर्नुभएको हो ।
अन्तर्वार्ताका क्रममा राउतले भन्नुभयो, “यसपालिको निर्वाचनमा जिते पनि हारे पनि संसदीय राजनीतिबाट अवकाश लिन्छु भन्ने सोचेको थिएँ । यसको अर्थ पार्टीलाई अलपत्र पार्छु भन्ने होइन । आगामी निर्वाचनहरुमा पार्टीबाट तयारी गरे पनि म भने संसदीय चुनाव लड्दिनँ ।”
२०७९ को निर्वाचनमा पनि आफूमा उम्मेदवार बन्ने चाहना नरहेको भए पनि साथीहरुको जोडबलमा चुनाव लडेको बताउँदै राउतले नचाहँदा नचाहँदै लडेको र संसद्मा आफ्नो ठूलो उपयोगिता नरहेको पनि बताउनुभयो ।





प्रतिक्रिया राख्नुहोस्