विश्व समाचार

इटालीमा एकैदिन पाँच सयजनाको मृत्यु- सरकारी निर्णयको अवज्ञा गर्ने आठ हजार पक्राउ

चीनबाट फैलिएको कोरोना भाइरस कोभिड-१९ रोगका कारण विश्वमै सर्वाधिक आक्रान्त इटालीमा बुधबार एकै दिनमा झन्डै ५०० जनाको मृत्यु भएको छ । यो संख्या, चीनमा गत डिसेम्बरमा कोरोनाभाइरसको महामारी सुरु भएपछि देशव्यापी हिसाबले एकै दिनमा मृत्यु हुने बिरामीको उच्चतम सङख्या हो ।

एकैदिन यति ठूलो संख्यामा मानिसको मृत्यु हुनुको कारण इटाली सरकारले लगाएको प्रतिबन्धको वेवास्ता गर्नु मानिएको छ । केही इटालेलीहरूले केही साताअघि लगाइएका आवतजावत प्रतिबन्धहरूको बेवास्ता गरिरहेका छन् ।

त्यहाँको आन्तरिक मन्त्रालयका अनुसार मङ्गलवार जरुरी कामबिना बाहिर रहेका ८,००० मानिस समातिएका थिए । सोमबारको तुलनामा त्यो सङ्ख्या चार गुणाले बढी हो । त्यहाँ निषेधाज्ञा अटेर गर्नेलाई जरिवाना वा तीन महिनाको कैद सजायको व्यवस्था छ ।

इटलीमा थप ४ सय ७५ जनाको ज्यान गएपछि कोभिड १९ रोगका कारण मृत्यु हुनेको सङ्ख्या करिब ३,००० पुगेको छ । कोरोनाभाइरसको त्रासबीच युरोप र अन्यत्र पनि उच्च सतर्कता अपनाइएको छ ।

विभिन्न देशमा स्वास्थ्य सङ्कटकाल लगाइएका छन् । इटालीको अवस्थाले छिमेकी जर्मनीमा चान्सलर एन्गेला मर्केलले आफ्नो देशले अहिले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौतीको सामना गरिरहेको बताउनुभएको छ ।

उहाँले मानिसहरूलाई भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धहरूको पालना गर्न आग्रह गर्नुभएको छ । उता फ्रान्समा मङ्गलवारदेखि सबै मानिसलाई अत्यन्त जरुरी काम नभएसम्म आफ्नो घरमैँ बस्न आदेश दिइसकिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.