जन सरोकार

दिल्ली विमानस्थलमा अलपत्र परेका २८ जना नेपाली काठमाडौं आइपुगे

दुबईबाट काठमाडौं आउन लागेका २८ जना नेपाली नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको २४ घण्टापछि काठमाडौं आइपुगेका छन् । उनीहरु एयर इण्डियाको लापरवाहीका कारण नयाँ दिल्ली विमानस्थलमा छुटेका थिए ।

अलपत्र परेका उनीहरुको उद्धारका लागि दिल्लीस्थित नेपाली दूतावासले दिल्ली विमानस्थल हृयाण्डल गर्ने कम्पनी जिएमआरका अधिकारीहरूसँग छलफल गरेपछि एयर इण्डियाले नै शनिबार उनीहरुलाई लिएर काठमाडौं आइपुगेको हो ।

शुक्रबार विहान दुबईबाट बिहान ४ बजे एयर इण्डियाको उडानबाट दिल्ली ओर्लेका थिए । तर, एयर इण्डियाको लापरवाहीका कारण अनाहकमा उनीहरु नयाँ दिल्ली विमानस्थलमा बिचल्ली पारिएका थिए । २४ घण्टा सास्ती खेपेका नेपालीहरूलाई सरकारले दुबईबाट काठमाडौं आउने उडानमा रोक लगाएपछि दिल्ली हुँदै आउनका लागि एयर इण्डियाको टिकट काटेका थिए ।

त्यसअनुसार उनीहरू शुक्रबार बिहानै एयर इण्डियाकै विमानबाट काठमाडौंका लागि उड्नु पर्ने थियो । तर, विमानस्थलमा ओर्लेपछि उनीहरूको स्वास्थ्य परीक्षण गर्ने नाममा ३ घन्टा भन्दा बढी समय लगाइएका कारण उनीहरू समयमै काठमाडौं जाने काउन्टरमा पुग्न पाएनन् । यही कारण उनीहरूको काठमाडौं उडान छुटेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.