एन आर एन न्युज

एनआरएनए विभाजनको संकट टर्यो

विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए)को विभाजनको संकट टरेको छ । काठमाडौंमा विश्व सम्मेलन चलिरहेका बेला पत्रकार सम्मेलन गरेर विवाद सहमाधान भएको जानकारी दिइएको हो ।

अध्यक्षका तीन उम्मेदवारहरुबीच सहमति भएपछि काठमाडौंमा पत्रकार सम्मेलनमार्फत एकता महाधिवेशन आगामी चैत्र १० र ११ (मार्च २४ र २५) गते  जानकारी दिइएको छ ।

अध्यक्ष पदका तीन उम्मेदवारहरु बद्री केसी, रविना थापा र कुल आचार्यबीच सहमति भएपछि एनआरएनए विभाजनबाट पनि रोकिएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष कुमार पन्तले संस्थाको हितका लागि सबैले आ आफ्नो कमजोरी स्वीकार गरेको र गैर आवासीय एक र एकतावद्ध रहने दाबी गर्दै एनआरएनएले नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।

अध्यक्ष पन्तले अधिवेशनबाट तीनै जना अध्यक्षका उम्मेदवारहरुले मिलेर संस्थालाई अघि बढाउने सहमति भएको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो गैर आवासीय नेपाली संघ एक रहन्छ, एकतावद्ध रहन्छ । अब गैर आवासीय नेपाली संघ एकतावद्ध रहन्छ म दावाका साथ भन्न सक्छु ।

त्यसै गरए पन्तले एनआरएनएले नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति झनै प्रभावकारी र महत्वपूर्ण भूमिका खेल्दै जाने र मार्चको २६ र २७ गते महाधिवेशन र विशेष सम्मेलन गर्ने भनिए पनि त्यसलाई केही परिमार्जन गरेर २४ र २५ मा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

अध्यक्षका उम्मेदवार एवम् संघका सल्लाहकार कुल आचार्यले संसारभरका नेपालीलाई एकताबद्ध बनाउनुको विकल्प नभएको बताउँदै पदभन्दा पनि पद्धतिका लागि एकजुट हुनु परेको बताउनुभयो ।

त्यस्तै अर्का उम्मेदवार डा। बद्री केसीले अहिलेको अवस्थामा संस्थामा वृहत आम सहमति गर्नु बाहेक अन्य कुनै विकल्प नभएको बताउँदै हरेकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि बढ्न आवश्यक रहेको भन्दै तीनै जना अध्यक्षका प्रत्यासीहरू मिलेर संस्थालाई अघि बढाउने जानकारी दिनुभयो ।

त्यस्तै अध्यक्ष पदर्की प्रत्यासी रविना थापाले संस्थामा भएका विवादहरुलाई समाधान गरेर सहमतिमा संस्थालाई अघि बढाउने बताउँदै अहिलेको एनआरएनएको अवस्थालाई सहमति, सहकार्य बेगर यसलाई अघि लैजान गाह्रो भएको जानकारी दिनुभयो ।

एनआरएनएले गैर आवासीय नेपाली संघलाई स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रुपमा अक्षुण राख्दै थप प्रभावकारी बनाउन पनि राजनीतिक दल र सम्बद्ध पक्षसँग आग्रह गरेको थापाले बताउनुभयो ।

एनआरएनएका तीन प्रत्यासीको सहमति अनुसार प्रमुख संरक्षक शेष घलेले आयोजना गरेको महाधिवेशन रोक्न आग्रह गर्ने तथा उच्च अदालत पाटनमा परराष्ट्र मन्त्रालयविरुद्ध दायर मुद्दा पनि फिर्ता लिने जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.