कोशीप्रदेश

गुणस्तरीय शिक्षाले समाजलाई सही बाटो देखाउँछ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिएमा उनीहरुले समाजलाई सही दिशातर्फउन्मुख गराउने बताउनुभएको छ ।

मुख्यमन्त्री कार्की

शुक्रबार मोरङमा आयोजित नारदमुनि–पवित्र लुइँटेल स्मृति कोषद्वारा आयोजित ‘झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उहाँले बालबालिकालाई शिक्षाप्रति अभिप्रेरित गरेमा समाज र राष्ट्रको उन्नतिमा सहयोग पुग्ने धारणा राख्नुभयो । त्यस अवसरमा सञ्चारकर्मी सुशीला पाठकलाई नगदसहित सो पुरस्कार प्रदान गरिएको थियो ।

उहाँले अङ्कका आधारमा विद्यार्थी उत्कृष्ट नहुने चर्चा गर्दै खेलाडी कुशल भूर्तेल र दीपेन्द्र ऐरीले क्रिकेटका माध्यमबाट कायम गरेको विश्व कीर्तिमानीको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “कक्षाकोठा बाहिरको मैदान पनि रोजगार र शिक्षाको केन्द्र हुँदै गएको छ । शिक्षक र अभिभावकले यो यथार्थलाई बुझ्न सक्नुपर्छ ।” उहाँले गायिका मेनुका पौडेलले आफ्नो मेहनतबाट नेपालको नाम विश्वमा राख्न सफल भएको उदाहरण पनि प्रस्तुत गर्नुभयो ।

सोही अवसरमा मुख्यमन्त्री कार्कीले सरस्वती विद्यालयका जेहेन्दार छात्रछात्रा उत्कृष्ट र निवर्तमान शिक्षकहरुलाई नगदसहित सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.