जन सरोकार

जुवातास खेलिरहेको अवस्थामा दुई जना पक्राउ

धनुषा, मिथिला नगरपालिका-११ बाहुनमारा बस्ने दिनेश थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा दुई जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

जुवातास

पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास नगरपालिका-५ बस्ने ५९ वर्षीय अर्जुन गोले र सर्लाही हरिवन नगरपालिका-५ बस्ने ५६ वर्षीय सुकमान पाख्रिन रहेका छन् ।

प्रहरी चौकी लालगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १८ हजार रूपैयाँसहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.