राजनीति

एमाले बैठक चलिरहँदा माओवादीमा धक्का

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चलिरहँदा सो पार्टी प्रवेश गर्ने क्रम पनि जारी रहेको छ । आज बिहिबार माओवादीका प्रभावशाली नेता भुपाल सिं राई सहित ६४ जना एमालेमा प्रवेश गरेका छन् ।

राजधानीको बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय समिति बैठक स्थलमा आयोजित बिशेष कार्यक्रममा नेकपा माओवादी केन्द्र सोलुखुम्बुका प्रभावशाली युवानेता भुपाल सिं राई नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

राईसहित सोलुखुम्बुका ६४ जना माओवादी कार्यकर्तालाई एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुले नेकपा एमालेमा प्रवेश गराउनुभएको हो ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुका सदस्य समेत रहेका राई थुलुङ दुधकोशी गाउँपालिका वडा नं ९ बाट निर्बाचित वडाध्यक्ष समेत हुनुहुन्छ।

उहाँसँगै सोही वडाबाट वडा सदस्यमा निर्बाचित सोमकुमार तामाङ र रेणुका रसाइली पनि माओवादी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.