राजनीति

गगन थापाले बनाउने भए कांग्रेसको घोषणापत्र

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व मन्त्री गगन कुमार थापालाई स्थानीय तह निर्वाचनकाा लागि घोषणापत्र तयारीको जिम्मा दिइएको छ । थापालाई निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक बनाइएको छ ।

बिहिबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’को संयोजकमा महामन्त्री गगनकुमार थापालाई मनोनीत गर्नुभएको हो ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार सभापति देउवाले उहाँलाई समितिको संयोजकमा आज मनोनयन गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.