क्रिकेटखेल

एसिसी प्रिमियर कप : नेपाललाई पराजित गर्दै हङकङ तेस्रो

ओमानमा जारी एसिसी प्रिमियर कपमा नेपाललाई पराजित गर्दै हङकङ तेस्रो भएको छ । शनिबार भएको खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै हङकङ तेस्रो भएको हो ।

जितसँगै हङकङले एसिसी इमर्जिङ टिम्स एशिया कपमा स्थान बनाएको छ भने नेपालले भने एसिसी इमर्जिङ टिम्स एशिया कपमा स्थान बनाउन असफल रह्यो । ओमानको अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) टस जितेर पहिले  ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्कासहित ४४ रनमा अविजित रहे भने सन्दीप जोरा २२ रन जोड । त्यस्तै कप्तान रोहितकुमार पौडेल २१ रन जोड्दा सोमपाल कामीले १२ र कुशल मल्लले १३ रन बनाए । हङकङका लागि आयुष शुक्लाले सर्वाधिक ३ विकेट लिए भने अतिक इकवाल, यासिम मुर्तजा र एहसान खानको नाममा १-१ विकेट रह्यो ।

नेपालले दिएको १४० रनको लक्ष्य हङकङले ३ बल बाँकी रहँदै ६ विकेट गुमाएर पूरा गर्‍यो । हङकङका अंलागि शु रथले अविजित रहँदै सर्वाधिक ६५ रनको अर्धशतकीय पारि खेले भने बाबर हयातले २६ र एजाज खानले १२ रन जोडे । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए भने  दीपेन्द्रसिंह ऐरीको भागमा २ विकेट रह्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.