कोशीप्रदेश

माओवादी र नेपाल समूह छाडेकालाई लिएर प्रदेश १ मन्त्रिपरिषद विस्तार

माओवादी र एमालेको माधव नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । उहाँले माओवादी छाडेका र एमालेको नेपाल गुट छाडेर ओली समूहमा आएकालाई मन्त्री बनाउनुभएको छ ।

नवनियुक्त मन्त्रीहरुको सपथ शुक्रबार दिउँसो १ बजे प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ ।मुख्यमन्त्री कार्यालयका अनुसार माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गर्नुभएका टंक आङबोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस अघि सो पदमा नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोहाङ थिए ।

त्यसै गरी प्रदेशसभा सदस्य उषाकला राई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनु हुने भएको छ । एमाले र साबिकको नेकपामा माधवकुमार नेपाल समूहमा रहनु भएका शेरबहादुर तामाङ र उषाकला दम्पती अहिले एमालेको संस्थापन पक्षमा हुनुहुन्छ ।

यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानालाई मन्त्री बढाइएको छ । एमालेबाट सांसद बनेका उहाँ नेपाल समूह निकट भनिएको थियो । यस्तै भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङलाई पनि मन्त्रीको जिम्मेवारी दिइएको छ ।

हाल प्रदेश १ मा चार जना मन्त्री छन् । अब ७ जनासम्म मन्त्री थपिने सम्भावना रहेको जनाइएको छ । अन्तिम नाम भने सपथ ग्रहणका बेला खुलाइने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.