अर्थकर्पोरेट/पर्यटन

ठोरी क्षेत्र विशेष पर्यटकीयस्थल घोषणा

मधेश प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रलाई विशेष पर्यटकीयस्थल घोषणा गरेको छ । पर्साको ठोरीमा आयोजित विशेष कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउत गद्दीले यस क्षेत्रलाई प्रदेशको विशेष पर्यटकीय क्षेत्रको रूपमा घोषणा गर्नुभयो ।

तराई मधेशको ‘मिनी उपत्यका’को नामले समेत परिचित ठोरीको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले ठोरीलाई मधेश प्रदेश सरकारले पर्यटकीयस्थल घोषणा गरिएको मधेश प्रदेश सरकारले जनाएको छ ।

सुगम जिल्लाको दुर्गम क्षेत्र मानिने पर्साको ठोरीलाई अब प्रदेश सरकारले विशेष पर्यटकीयस्थल घोषणा गरेपछि यस क्षेत्रमा विकासको सुरुआत हुने विस्वास लिइएको मधेश प्रदेश सरकारका खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्माले जानकारी दिनुभयो ।

ठोरीलाई आयोजित विशेष पर्यटकीयस्थल घोषणा कार्यक्रममा मुख्यमन्त्री राउतसहित प्रदेश सरकारका विभिन्न मन्त्री, उच्च पदस्थ कर्मचारी, अन्य सरोकारवाला निकायको उपस्थिती रहेको थियो । केही दिन अगाडि मात्र ठोरी पुगेका मधेश प्रदेशका मुख्यमन्त्री राउतले ठोरीलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

पर्यटनको प्रचुर सम्भावना रहेको ठोरीमा प्रदेश र सङ्घ सरकारको ध्यान नपुग्दा यस ठाउँको विकास अपेक्षित ढङ्गले हुन सकेको तर मधेश प्रदेश सरकारले ठोरीलाई पर्यटकीयस्थल घोषणा गरेसँगै यस क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने आशा गरिएको छ ।

भारतसँग सिमानाका जोडिएको कारण पनि यहाँ दिनहुँ हजारौँको सङ्ख्यामा भारतीय र देशका अन्य ठाउँबाट पर्यटक आउने गरेका छन् । जिल्लाको उत्तरी भेगमा रहेको ठोरीलाई चितवनबाट भारत जाने मार्गका रूपसमेतमा प्रयोग गरिन्छ । नयाँ वर्ष वा कुनै विशेष दिन जिल्लाका विभिन्न स्थानबाट पर्यटक यहाँ पुग्ने गरेका छन् ।

१० करोड लगानी गरिने

मधेस प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रमा पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि तत्काल रु १० करोड आर्थिक लगानी गर्ने निर्णय गरेको छ । पर्साको ठोरी क्षेत्रलाई विशेष पर्यटकीयस्थल घोषणा गरेको प्रदेश सरकारले शुक्रबार मन्त्रिपरिषद् बैठकबाट विविध पर्यटकीय क्षेत्रको विकासका लागि रु १० करोड लगानी गर्ने निर्णय भएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिनुभयो ।

तराई मधेसको ‘मिनी उपत्यका’ को नामले परिचित ठोरीको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले ठोरीलाई मधेस प्रदेश सरकारले पर्यटकीयस्थल घोषणा गरेको जनाएको छ । सुगम जिल्लाको दुर्गम क्षेत्र मानिने पर्साको ठोरीलाई अब प्रदेश सरकारले विशेष पर्यटकीयस्थल घोषणा गरेपछि यस क्षेत्रमा विकासको सुरुआत हुने विश्वास लिइएको छ ।

पर्यटनको प्रचुर सम्भावना रहेको ठोरीमा प्रदेश र सङ्घ सरकारको ध्यान नपुग्दा अपेक्षित विकास हुन सकेको छैन । मधेस प्रदेश सरकारले ठोरीलाई पर्यटकीयस्थल घोषणा गरेसँगै यस क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने आशा गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.