राजनीति

गठबन्धनले देशभर साझा उम्मेदवार चयन गर्ने नेपालको दावी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तीनवटै तहको निर्वाचनमा सत्ता गठबन्धनले देशभर साझा उम्मेदवार चयन गर्ने बताउनुभएको छ ।

शुक्रबार आयोजित महिला सङ्गठनको भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले वामपन्थी र लोकतान्त्रिक शक्तिको एकताका कारण लामो सङ्घर्षबाट प्राप्त राजनीतिक व्यवस्था र संविधानको रक्षा भएकाले आगामी निर्वाचनमा देशभर गठबन्धनका साँझा उम्मेदवार तय हुने विश्वास व्यक्त गर्नुभयो ।

विदेशीहरूको दलाली गर्ने पार्टीसँग आफूहरूको कुनै पनि हालतमा तालेमेल नगर्ने बताउँदै उहाँले देश र जनताप्रति घात गरेकाले उनीहरूलाई चुनावमा जनताले दण्डित गर्ने ठोकुवा गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले लोकतान्त्रिक मूल्य र मान्यतालाई आफ्नो पार्टीले आत्मसात् गरेकाले देशभक्तहरू पार्टीमा प्रवेश गर्ने महाअभियान सुरु भएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.