राजनीति

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या त्रिवि शिक्षण अस्पताल भर्ना

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर अअस्पतालबाट निवास फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ । २१ फागुनमा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । प्रधानमन्त्री ओलीको मुटुको चालमा केही तलमाथि देखिएको थियो । यद्यपि शुक्रबार बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ । दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा बिताउनुभएको थियो ।

त्यस्तै अस्पतालबाट डिस्चार्ज भएको भोलिपल्टै उहाँ सार्क नेताहरुको भिडियो कन्फ्रेन्समा भाग लिन सिंहदरबार पुग्नुभएको थियो । अत्यन्त होसियार रहनुपर्ने र आराम चाहिने भए पनि उहाँ अस्पतालबाट घर फर्केलगत्तै काममा सक्रिय हुनुभएकाले चिकित्सकहरु चिन्तित थिए ।

सम्बन्धित खबर

Back to top button