अर्थ

चारसयले बढ्यो सुनको मूल्य, प्रतितोला एकलाख २६ हजार ८०० 

स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला रु चार सयले उकालो लागेको हो ।

महासङ्घका अनुसार आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख २६ हजार ८०० कायम छ । मंगलबार छापावाला सुन प्रतितोला रु एक लाख २६ हजार चार सयमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला रु एक लाख २६ हजार दुई सय तोकिएको छ । मंगलबार तेजाबी सुन प्रतितोला रु एक लाख २५ हजार आठ सयमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार प्रतितोला रु एक हजार पाँच सय १५ मा कारोबार भएको चाँदी आज भने रु एक हजार चार सय ९० कायम गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.