जल/वातावरण

अनुदानका स्वास्थ्य सामग्री र उपकरण बोकेर चिनीया जहाज काठमाडौं उड्यो


 

सरकारले चीनबाट कोरोना भाइरस परीक्षण लगायत सुरक्षा र स्वास्थ्य उपकरणहरु खरीद गरी ल्याएकै दिन चीनका विभिन्न प्रान्त सरकार तथा ज्याक मा फाउण्डेशनले दिएका स्वास्थ्य उपकरण र सामग्री बोकेर चिनीया जहाज काठमाडौ उडेको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आइतबार विहानै ट्वीटरमार्फत सो जानकारी दिनुभएको हो ।

राजदूत यान्छीका अनुसार सिचुआन प्रान्त सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले चन्दा दिएका आपतकालीन सामाग्रीहरू, पीपीई, थर्मोमिटरलगायत सामान बोकेर चिनियाँ जहाज काठमाडौं प्रस्थान गरेको छ ।

सोही जहाजमा चीनको ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले सहयोग गरेका मास्क लगायतका महामारी रोकथाम सामग्रीको पहिलो खेप पनि आउँदैछ ।

स्वास्थ्य परीक्षणका किट पनि नेपाल ल्याउने तयारी भइरहेको छ ।

यसबीचमा कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री लिन चीन गएको नेपाल एयरलाइन्सको जहाज आइतबार बिहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीई लगायतका सामग्री लिएर वाइडबडी जहाज काठमाडौं आएको एयरलाइन्सले जनाएको छ । ती सामग्री लिन शनिबार मध्याह्न वाइबडी चार्टर विमान ग्वाङ्झाओ गएको थियो ।



 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.