एकजना वृद्ध मुटुरोगीलाई आफू जोखिममा परेर यसरी बचाए पत्रकार चौलागाईले
कोरोना संक्रमण हुन नदिन सरकारले लकडाउनको घोषणा गरेपछि दीर्घ रोगी, वृद्धवृद्धाहरु उपचार नै नपाई मर्नुपर्ने स्थिति सिर्जना भएको छ, बिरामीहरुले हारगुहार गर्दा पनि अस्पतालसम्म जान नपाउने स्थिति पैदा भैरहेको आइतबार विहान काठमाडौंको जोरपाटी नयाँबस्तीको एउटा घटनाले देखाएको छ । एकजना वृद्धलाई मुटुमा समस्या आएपछि उनले कैयौं हारगुहार गरे तर अस्पतालसम्म एम्बुलेन्स समेत पाएनन् ।
यस्तो स्थितिमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्व सभापति गोविन्द चौलागाईले आफू जोखिममा परेर ती वृद्धलाई अस्पतालसम्म पुर्याएर सह्रानीय अनि मानवतावादी काम गरेका छन् । आफूले ती वृद्धलाई अस्पतालसम्म पुर्याउन खानुपरेको हण्डर र मानिसले देखाएको व्यवहारलाई चौलागाईले आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै यसरी सविस्तार वर्णन गरेका छन् ।
लकडाउनको छैठौं दिन आज विहान ७ : ३० बजेतिर अनलाइन चेक गर्दै घरभित्रै बसिरहका थिएँ । बौद्धबाट एक परिचितले फोन गरे । सुरुमै मलाई बचाउनुस भनेर कुरा सुरु गरे । साह्रै अप्ठेरोमा परेका रहेछन् । ११ जनालाई लगातार फोन गरे । कतिपयको उठेन, कतिपयले उठाए तर लकडाउनमा सुरक्षित बस्नुको बिकल्प छैन । परिवारको अनुमति नभए सिधै क्वारेन्टाइनमा बस्न पठाउँछन, आउन त मन थियो ।यस्तै यस्तै जवाफ मात्र पाए । मुटुमा समस्या बढ्दै गएपछि उनले धेरै पटक एम्बुलेन्सलाई गुहारे । सबैले तपाइँलाई कोरोना होला । हामी पनी जोगिनुपर्छ भनेर टारे । मर्ने भए । बचाउनुस ।यो गुन मेरो जुनिभरी बिर्सन सक्दिन ।
सिन्धुपाल्चोक, हेलब्बु स्थायी ठेगाना भएका हाल बौद्ध, नयाँ बस्ती कोठामा एक्लै बस्दै आएका शारीरिकरुपमा अशक्त पासाङ तेम्बा लामाका यस्ता कारुणिक भावबिभोर शब्दले मलाई उहाँको फोन नसकिदै मनमस्तिकमा छोइसकेको थियो । मैले पनि एकैछिन् पनि नरोकिई ११ जनाबाट १२ नम्बर मा मलाई सम्झनु भो, अब न आतिनुस म १३ औ नम्बरमा फोन गर्ने अवस्था आउन दिन्न, २० मिनेट मलाई समय दिनोस् । एम्बुलेन्स वा कुनै साधन लिएर आउछु भने।
मैले घरबाट निक्लन अघि मुमालाई भने, एकजना बिरामी अन्तिम अबस्थामा रहेछ्न, म जसरी नै पुग्नुपर्ने भो मुमा भन्न नपाउदै मुमाको ले भन्नू भो हामि सबैलाइ मार्ने भैइस । १३ औंमा अर्को ब्यक्ति गुहार्नु पर्दैन भनेको शब्द सम्झें र आमालाई सम्झाउन छाडेर म एम्बुलेन्स खोज्न लाएँ । समस्या उही । बल्ल उठ्यो एक एम्बुलेन्स चालकको फोन । उनी काभ्रे स्थायी घर भएका संयुक्त एम्बुलेन्स चालक संघ, काठमाडौंका अध्यक्ष गणेश सापकोटा रहेछन् । उनको साथमा बल्ल हामी बि एण्ड बि अस्पताल पुग्न सफल भयौं । सामाजिक सेवाका भाव भएका पासाङसँग पैसा पनि रहेनछ । केहिदिनमा रकम दिने शर्त मा १५ हजार डिपोजिट राखेर भर्ना गरे ।
आज नेपाल पत्रकार माहासङ को ६५ औ स्थापना दिवस सम्झिरहेको दिनमा एउटा संचारकर्मी भएको नाताले एकजना सामाजिक भाब भएका अशक्त बिरामीको उपचार मा सहयोगी भुमिका खेल्न पाएकोमा आफुलाइ भाग्यमानी ठानेको छु।कोरोनाबाट जोगिन त सबैको ध्यान गएकै छ । तर यही प्रवृत्ति रहे कोरोनाबाट भन्दा बढी असहाय, वृद्धावृद्ध र अन्य दीर्घरोगीले ज्यान गुमाउन सक्ने अवस्था आउन सक्छ । नीजि अस्पतालले कोरोनाका नाममा सहजै भर्ना नलिने, एम्बुलेन्सले फोन नउठाउने, उठाएनी कोरोनाको डरले बिरामी नबोक्दिने गर्दा अझै लम्बिने लकडाउनमा जनताले कस्तो दुःख भोग्नु पर्ला । सबैको ध्यान जान जरुरी छ ।