खेल

३७ वर्षपछि ट्रफी उचाल्ने सुरमा नेपाल, प्रधानमन्त्री केपी शर्मा ओली रंगशालामा

घरेलु मैदानमा नेपालले ट्रफी नउचालेको ३७ वर्ष बितिसकेको छ । काठमाडौंमा जारी त्रिदेशीय ट्रफीको फाइनलमा नेपालले बंगलादेशसंग प्रतिस्पर्धा गरिरहेको छ र नेपालको उद्देश्य ट्रफी उचाल्नु हुनेछ । नेपाललाई हौसला प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओली मैदानमै पुगेर खेलाडीहरुलाई शुभकामना दिनुभएको छ ।

सन् १९८४ मा दक्षिण एसियाली खेलकूदको फाइनलमा नेपालले फुटबलमा स्वर्णपदक प्राप्त गरेको थियो । त्यसयता घरेलु मैदानमा नेपालले ट्रफी उचालेको छैन । संयोग के परेको छ भने त्यतिबेला स्वर्णपदक प्राप्त गर्ने टोलीका एक सदस्य बालगोपाल महर्जन अहिले नेपाली टोलीको प्रशिक्षक रहेका छन् ।

नेपाल, बंगलादेश र किर्गिस्थान सम्मिलित यो प्रतियोगिता विश्व कोरोना महामारीका कारण अस्तव्यस्त भैरहेका बेला नेपालमा रंगशालाभरि दर्शककाबीच फुटबल प्रतियोगिता आयोजना हुँदा यसले विश्वमा सकारात्मक सन्देश पनि दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.