अर्थ

सुनको मूल्यमा नयाँ कीर्तिमान, आज कति छ तोलाको ?

नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज (शुक्रबार) हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

आज सुनको मूल्यप्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तोलामा २ हजर १०० रुपैयाँ वृद्धि भइ सुनको मूल्यले १ लाख ३० हजारको नयाँ कीर्तिमानी कायम गरेको हो ।

बिहिबार सुनको मूल्य प्रतितोला एक लाख २७ हजार ९०० मा कारोबार भएको थियो । त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २९ हजार ४०० रहेकामा बिहीबार प्रतितोला रु १ लाख २७ हजार ३०० मा कारोबार भएकोे थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १५ सय १० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.