क्रिकेटखेल

आईपीएलको १६औं संस्करण आजबाट सुरु हुँदै : उद्घाटन खेलमा गुजरात र चेन्नाई भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १६औं संस्करण आजबाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन टोली गुजरात टाईटन्स र चेन्नाई सुपर किंग्सबीच खेल हुँदैछ ।

आईपीएलको १६औं संस्करण आजबाट सुरु हुदै : उद्घाटन खेलमा गुजरात र चेन्नाई भिड्दै

गुजरात र चेन्नईबीचको उद्घाटन खेल नेपाली समयअनुसार बेलुकी ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।खेल गुजरातको घरेलु मैदान अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियमा हुनेछ ।

गुजरातको कप्तानी हार्दिक पाण्डेले गर्नेछन् भने चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गर्दैछन् । खेलअघि उद्घाटन समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका मान्डानाले प्रस्तुती दिनेछन् ।

आगामी २८ मे सम्म जारी रहने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । जसमा दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा मुम्बई इन्डियन्स, कोलकत्ता नाईटराईडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनाउ सुपर जायन्ट्स रहेका छन् ।

त्यस्तै समूह ‘बी’ मा चेन्नाई सुपर किंग्स, सनराईजर्स हैदरावाद, गुजरात टाईटन्स, रोयल च्यालेन्जर्स बेंग्लोर र पन्जाब किंग्स रहेका छन् ।  हरेक टिमले आफ्नो समूहमा रहेका चार टिमसँग दुई–दुई पटक गरी कूल ८ खेल खेल्नेछन् । यस्तै अर्को समूहको चार टिमसँग एक–एक पटक गरी चार खेल खेल्नेछन् । यस बाहेक अर्को समूहको एक टिमसँग भने दुई पटक खेल्नेछन् । लिग चरणमा हरेक टोलीले १४-१४ खेल खेल्नेछ ।

यस सिजनबाट इन्डियन प्रिमियर लिगमा ३ वर्षपछि होम एण्ड अवे फर्म्याटमा प्रतियोगिता सुरु हुन लागेको छ । अर्थात् एक टिमले ७ खेल आफ्नो घरेलु मैदानमा खेल्दा बाँकी लिगचरणका खेल अवे मैदानमा खेल्ने छ । त्यस्तै यस सिजनको आईपीएलमा इम्प्याक्ट प्लेअर रुल पनि छ जस्स्मा टस अघि दुई टिमका कप्तानले दुई फरक टिमको लिस्ट लैजान सक्नेछ र टस गरेपछि आफ्नो अन्तिम ११ जनाको सूची बुझाउन पाउनेछ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.