कर्पोरेट/पर्यटन

अस्ट्रेलिया र न्यूजिल्याण्डका नागरिकको उद्धारका लागि वाइड बडी जहाज अष्ट्रेलिया उड्दै

नेपालको राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी जहाज इतिहासमै पहिलोपटक लामो गगन्तव्यको उडान गर्दैछ । बुधबार अष्ट्रेलिया र न्यूजिल्याण्डका नागरिकको उदारका लागि विमान उड्दैछ ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० साँझ ५ः३० बजे मलेसियाको क्वालालम्पुर हुँदै अष्ट्रेलियाको शहर ब्रिश्वेन पुग्ने निगमले जनाएको छ । निगमको उड्डयन इतिहासमै पहिलो पटक वाइड बडी जहाजले लामो गन्तव्यको उडान भर्न लागेको हो ।

वाइड बडी जहाजले अष्ट्रे«लिया र न्यूजील्याण्डका नागरिकको उद्धारका लागि उडान भर्न लागेको निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले बताउनुभयो । उहाँले छ जना चालक दलसहित २४ जनाको सञ्चालन टोली र २५० यात्रुसहितको यस अद्वितीय उडान फेरी क्वालालम्पुर हुँदै बिहीबार राति नेपालमा अवतरण गर्ने तालीका रहेको जानकारी दिनुभयो ।

वाइड बडी जहाज बिहीबार राति १०ः५० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमले बिहीबार नै चीनको ग्वाङ्जाओ गन्तव्यमा कार्गो उडान गर्दैछ । चीनबाट कोभिड–१९ का लागि आवश्यक औषधि र उपकरण ल्याउन व्यवसायीले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ ।

यसअघि निगमको वाइड बडी ए ३३० जहाजले चैत १६ गते चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्ट गरी काठमाडौँ ल्याएको थियो । हाल दुई वाइड बडी ए–३३० र दुई थान न्यारोबडी ए—३२० सिरिजको जहाजबाट निगमले अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.