जन सरोकार

स्कुले विद्यार्थी लागुपदार्थको दुव्र्यसन लिप्त- अभिभावक र प्रहरीलाई चुनौति

कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुव्र्यसनी बढ्दै गएको छ । प्रहरीको तथ्याङ्क हेर्दा यो लतमा स्कुले विद्यार्थी पनि लिप्त रहेको पाइएको छ ।

विगत तीन वर्षयता यहाँ लागुऔषध सेवन गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहले १७ देखि ३० वर्ष उमेर समूहका बालिका तथा युवा लागुऔषध दुव्र्यसनमा रहेको जानकारी दिनुभयो ।

“पटक÷पटक लागुऔषधमै फेला पर्न थालेपछि धेरैलाई त मुद्दा चलाएर कारबाही गरिरहेका छौँ ।” उहाँले भन्नुभयो,“लागुऔषध दुव्र्यसनबाट छोराछोरी बचाउन अभिभावकको पनि मुख्य भूमिका रहन्छ ।”प्रहरीले भारतसित खुला सीमा नाका भएका कारण यहाँ ब्राउनसुगरलगायतका लागुऔषधको कारोबार नियनत्रणमा चुनौती रहेको बताउँदै आएको छ ।

“भारतबाट लुकिछिपी ल्याउने र यहाँ कारोबार गर्ने धेरै कारबाहीको दायरामा छन् ।” प्रवक्ता शाहले भन्नुभयो–“ यो कारोबारमा संलग्न भारतीयलाई पनि जेल चलान गरिएका घटना छन ।”यहाँ लागुऔषध नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम प्रहरीले सञ्चालन गरिरहेको छ ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ८७ लागुऔषध सेवन कर्ता पक्राउ परेका थिए । यसमा सात भारतीय नागरिक हुन । सो अवधिमा प्रहरीले २१ किलो २५ ग्राम चरेश, नाइट्राभेट ३७५ ट्याब्लेट, हेरोइन २६९ ग्राम बरामद गरेको थियो ।

त्यस्तै प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा लागुऔषध असोपारपसार तथा सेवन गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या बढेर २३० जना पुगेका थिए । साथै, लागुऔषधको विभिन्न अभियोगमा १४१ वटा मुद्दा चलाएको थियो ।

चालु आर्थिक वर्षको आठ महिनामा लागुऔषध कारोबार तथा सेवनमा संलग्न ९९ विरुद्ध मुद्दा दर्ता गरेको छ । सो कारोबारमा संलग्न १६५ लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सो अवधिमा लागुऔषध नाइट्राभेट १२७४, स्पाम २७६, रेक्सोजेसिक १६४ ग्राम, खैरोहेरोइन २६५।२३ ग्राम , चरेस ३२ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न आपाराधिक क्रियाकलापमा संलग्न अधिकांश लागुऔषध सेवन गरेको अवस्थामा घटना घटाउने गरेको देखिएको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.