जापान

राप्रपा प्रवासी नेपाली संगठन जापानको अध्यक्षमा नवीन चन्द चयन

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवासी नेपालीहरुको संगठन प्रवासी नेपाली संगठन ओभरसीज नेप्लिज अर्गनाईजेशन (ओनो)जापानको पुनर्गठित कार्यसमितिले पूर्णता पाएको छ। हालै सम्पन्न एक भेलाले जापान अध्यक्षमा नवीन चन्दलाई सर्वसम्मत चयन गरेको छ ।

नेपालमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापना गर्ने एजेण्ड बोकेका राप्रपा केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि राप्रपाको प्रवासकमिटिमा पनि मनोनित र कार्यसमिति निर्माणमा तिब्रता आएसंगै जापान कमिटी विस्तार गरिएको बताइएको छ ।

ओनो जापानका संरक्षक रघुदीप खड्काको उपस्थितिमा टोकियोमा सम्पन्न बैठकले चन्दको नेतृत्वमा नयॅा कार्यसमितिलाई चयन गरेको हो । नवगठित कार्यसम्तिको वरिष्ठ उपाध्यक्षमा सुशीलवीर जबरा, उपाध्यक्ष लक्ष्मण ढकाल, महासचिव खगेन्द्र चापागाईँ र सचिव आशीष भुजेल चयनभएका छन् । यस्तै सदस्यहरूमा विशालविक्रम शाही, ललित ऐर, निराजन चन्द, राज चन्द र चिरञ्जीवी पाठक चयन भएका छन ।

यसैगरी ओनो जापानको संरक्षक एवं सल्लाहकारमा रघुदीप खड्का र कलेन्द्रविक्रम शाही चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष चन्दले राप्रपामा भएको पुस्तान्तरण पछि पार्टीको संगठन विस्तार गतिविधीमा नयॅा जोश देखिएको बताउनु भयो ।

नयाँ नेतृत्वमा आएका राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको राष्ट्रिय राजनीतिमा अझै महत्त्वपूर्ण भूमिका हुने उनले बताए ।लिङ्देनले नेतृत्व लिएपछि देश तथा विदेशमा रहेका हजारौं राष्ट्रवादी नागरिकहरूमा उत्साह र आशा पलाएको ओनो जापानको दाबी गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.