जन सरोकार

बागलुङ कालिका मन्दिर परिसरमा आगलागीः मन्दिर जोखिममा

बागलुङ जिल्लामा रहेको प्रसिद्ध कालिका मन्दिर परिसरमा रहेको जङ्गलमा आगलागी भएको छ । काठेखोला छेउमा रहेको फोहर व्यवस्थानस्थलबाट शुक्रबारदेखि शुरु भएको आगो मन्दिरको जङ्गल परिसरमा प्रवेश गरेको हो ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समूहले प्रयास गरिरहेको भए पनि नियन्त्रणमा लिन नसकिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो ।

आगलागीका कारण मन्दिरको पश्चिम पट्टिस्थित जङ्गलमा ठूलो क्षति पुगेको छ । मन्दिर परिसर नजिकै आगो आइपुगेकाले मन्दिर जोखिममा रहेको उहाँको भनाइ छ । जङ्गलमा कुहिएका काठ, रुखका पात र झार बढी भएकाले नियन्त्रणमा कठिनाइ भैरहेको बताइएको छ ।

सम्बन्धित खबर

Back to top button