राजनीति

माओवादी पूर्व लडाकु खामलाई चितवन लगियो

काठमाडौँको ठमेलबाट पक्राउ परेका जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका पूर्वडिभिजन कमाण्डर एवं पूवीरुकुम तथा उत्तरगङ्गा गाउँपालिका–६ हुकाम घर भएका ५० वर्षीय कालीबहादुर खाममगरलाई चितवन लगिएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी खाममगरलाई जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले मङ्गलबार साँझ पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

विसं २०६५ वैशाख २८ गते राति ८ बजेको समयमा जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका डिभिजन कमाण्डर खाममगरसहितविरुद्ध काठमाडौँ कोटेश्वर निवासी रामहरि श्रेष्ठलाई अपहरण गरी हत्या गरेको आरोप छ ।

श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले अपहरण गरी हत्या गरेको भनी विसं २०६५ जेठ ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको किटानी जाहेरी दिएका आधारमा प्रहरीले खाममगरको खोजी जारी राखेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.