भारतबाट फर्केका ५० हजारको तथ्यांक संकलन गर्दै स्थानीय तह
भारतबाट कोरोना बोकेर फर्केका नेपालीबाट स्थानीयमा पनि संक्रमण फैलिएपछि सरकारले भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने र क्वारेन्टाइनमा नबसेकाहरुको तथ्यांक संकलन सुरु हुने भएको छ ।
शनिबार कैलालीमा स्थानीय संक्रमित देखिएपछि सरकारले लकडाउनमा कडाइ गर्दै एक स्थानीय तहबाट अर्कोमा जान रोक लगाउने तथा कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड डाइग्नोष्टिक टेष्ट गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सुदूरपश्चिमलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएको र यसबारे थप रणनीति तय गर्न आइतबार उच्चस्तरीय समितिको बैठक बस्ने तयारी छ ।
अहिले हरेक स्थानीय तहले भारतबाट आएका नागरिकहरुको तथ्यांक संकलन गरिरहेको र प्रारम्भीक सूचनाअनुसार यस्तो संख्या ५० हजार बढी रहेको देखिन्छ । तर उनीहरुमध्ये निकै सानो संख्यामा मात्र प्रदेश तथा स्थानीय तहको क्वारेन्टाइनमा छन् । स्थानीय तहहरुले बनाएका क्वारेन्टाइनहरु पनि मापदण्ड पुगेका छैनन् भने होम क्वारेन्टाइनमा राम्रोसँग पालना भएको छैन ।
प्रतिक्रिया राख्नुहोस्