कर्तव्य निर्वाह गर्न चुकेका निजी तथा सरकारी अस्पताललाई कारबाहीको माग

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले कोरोना संक्रमणको अहिलेको समयमा अस्पतालहरुले लापरवाही गरेको भन्दै केही सरकारी तथा निजी अस्पताल आफ्नो कर्तव्य निर्वाह गर्न चुकेकाले तिनीहरूमाथि कारबाही गर्नुपर्ने माग पनि पनि गर्नुभएको छ ।
आइतबार पार्टीका तर्फबाट एक विज्ञप्ति जारी गर्दै वैद्यले अस्पतालहरुको लापरवाहीमा सरकार निरीह भएको आरोप लगाउनुभएको छ । सरकारको स्वास्थ्य सेवा प्रवाह प्रभावकारी नभएको र कोरोना रोकथाम उपायदेखि उपचार प्रक्रियासम्मका कार्यमा लापरबाही भएको निष्कर्ष निकाल्नुभएको छ ।
वैद्यले अस्पतालहरूको लापरबाहीमा सरकार निरीह भएको भन्दै दुःखस व्यक्त गर्दै ‘बागलुङ्बाट पोखरा ल्याई गण्डकी अस्पतालको बाहिर प्राङ्गणमा राखिएका ज्वरोको बिरामीले डाक्टर भेट्नका निम्ति करिब १५ घण्टासम्म पर्खिनु परेको कुराले स्थितिको गम्भीरतालाई दर्शाउने बताउनुभएको छ ।
विज्ञप्तिमा यस्तो अवस्थालाई लाई टुलुटुलु हेरेर बस्ने सरकारको निरीहताप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्दै कोरोना प्रकोप न्यूनीकरणमा सम्पूर्ण संयन्त्र परिचालन गर्न पनि माग गरिएको छ ।
निजी तथा सरकारी अस्पतालमा पर्याप्त सुरक्षा उपकरण नभएकाले प्रदान गर्नुपर्ने सुझाव दिंदै सङ्क्रमित बिरामीको सम्पर्कमा आउने स्वास्थ्यकर्मीहरुको जीवन बीमा गर्न तथा कोरोनाको परीक्षण बढाउन पनि उनले माग गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्