जन सरोकार

प्युठानका किशोर किशोरीहरुलाई सचेतनामुलक कार्यक्रम

जिल्ला प्रहरी कार्यालय प्यूठानले किशोर किशोरीमाथि हुने शारीरिक तथा यौनजन्य हिंसाबिरुद्ध सचेतना कार्यक्रम संचालन गरेको छ ।

चैत्र २२ गते बिहिबार जिल्लाको सरुमारानी गाउँपालिका वडा नं. १ बांगेसालस्थित सरस्वती मा.व.मा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लक्षित शारीरिक तथा यौनजन्य दुर्व्यवहार विरुद्ध सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो ।

सो गाउँपालिका वडा नं. १ का अध्यक्ष नरबहादुर घर्तीको अध्यक्षता, लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीको प्रमुख आतिथ्यतथा तथा जिप्रका प्युठानका प्रमुख प्रहरी उपरीक्षक ईश्वर थापाको विशिष्ठ आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय बिजुवारका प्रमुख पुण्य प्रसाद न्यौपाने, प्रधानाध्यापक, शिक्षक र विद्यार्थी लगायत करीक एकसय ५० जनाको उपस्थिति थियो ।

उक्त कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानका प्रमुख पुण्यप्रसाद न्यौपानेले कार्यक्रमको उद्देश्य सहितको मन्तव्य तथा सुरक्षित विद्यालयको अवधारणा, विद्यालयमा हुनसक्ने हिंसा, लगायतको विषयमा प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक इश्वेर थापाले किशोर अवस्थामा हुने संभावित खतरा, सुरक्षाका उपायहरु, अपरिचितसंग गर्नुपर्ने व्यवहार, लागुऔषध, मादक पदार्थको दुर्व्यसनी र यसको कानुनी परिणाम, सडक सुरक्षा, अन्य आधारभुत सुरक्षाको बारेमा प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो ।

त्यसै गरी कार्यक्रममा बोल्दै प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य माननीय निमा गिरीले हिंसाको परिभाषा, गोपनियताको संरक्षण तथा तस्बिर, सुचना, विवरण आदिको आदानप्रदानको बारेमा सचेत गराउँदै वास्तविक व्यक्तिगत घटना दर्ता गरी राज्यलाई सही सूचना दिनु नागरिकको दायित्व रहेको कुरा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष वडाध्यक्ष नरबहादुर घर्तीले सुरक्षित समाजका लागि सबै सचेत हुनुपर्ने कुरा व्यक्त गर्नुका साथै कार्यक्रमका आयोजक र कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबै प्रति आभार व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.