खेलविविध

सन्सी श्रेष्ठको अध्यक्षतामा नेपाल ओलम्पिक संग्रहालयको नयाँ नेतृत्व

नेपाल ओलम्पिक संग्रहालयको नेतृत्वमा यसका संस्थापक अध्यक्ष स्व. क्षितिज अरुण श्रेष्ठकी सुपुत्री सन्सी श्रेष्ठलाई चयन गरिएको छ । यही चैत्र २१ गते शनिबार सम्पन्न संग्रहालयको ३१ औं वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कायर्सिमितको उपाध्यक्षमा अन्तर्राष्ट्रिय पदक विजेता पहिलो नेपाली धावक जीतबहादुर केसी र भैरव शाही चयन हुनुभएको छ भने महासचिवमा किशोर के.सी. र कोषाध्यक्षमा रञ्जन नगरकोटीलाई चयन गरिएको छ ।

साधारणसभामा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्ना बुबा स्व. क्षितिज अरुण श्रेष्ठको ३१ वर्षदेखिको लगातार मेहेनत र पसिनाले सिंचित संग्रहालय आफ्नाा लागि केवल संस्था मात्र नभएर बुबाको सपना नेपाली खेलकूदको प्राण रहेको बताउनुभयो ।

आफ्ना पिताले शून्यबाट सुरु गरेर इतिहास जोगाउन गर्नुभएको त्यो संघर्ष नै जीवनको सबैभन्दा ठूलो प्रेरणा हो रहेको बताउँदै अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आज म एउटा छोरीको रूपमा मात्र होइन, एउटा संकल्पका साथ यो जिम्मेवारी सम्हाल्दै छु । बुवा र आमा (स्व मन्जु तुलाधर)को त्यो त्यागलाई खेर जान नदिई उहाँहरूको अधुरो सपनालाई आफ्नो काँधमा राखेर राष्ट्रिय मात्र नभई अन्तर्रािष्ट्रय स्तरमा संग्रहालयलाई एउटा छुट्टै उचाइमा पुर्याउने प्रण गदर्छु । बुवाको ३१ वषर्को साधनालाई म मेरो ऊर्जा बनाउने छु र अबका हरेक पाइलामा उहाँहरूको नाम र आदशर्लाई शिरोपर गर्दै अघि बढ्नेछु ।”

साधारणसभाले आगामी दिनका कार्ययोजना पनि तय गरेको छ । जस अनुसार संग्रहालयको पूर्ण डिजिटलाइजेशन गरिनेछ भने वतर्मान र पूर्व खेलाडीहरूको खेल जीवन र उपलिब्धहरूलाई भिडियो तथा डिजिटल रेकिडर्ङ मार्फत संरक्षण तथा युवा र खेलकुद सहकार्य गरी नयाँ पुस्ताका खेलाडीहरूलाई खेल इतिहाससँग जोड्न अन्तरिक्रयात्मक तथा भ्रमणका कार्यक्रमहरु संचालन गरिनेछ ।

यसै गरी संग्रहालयको ३२ औँ वाषिर्कोत्सवको अवसरमा संस्थापक अध्यक्षद्वयको सम्मानमा विशेष कार्यक्रम आयोजना गरिनेछ । खेल पत्रकािरता सक्रिय रहँदा स्व. श्रेष्ठले सन् १९९४ मा यस संस्थाको स्थापना गरी नेपाली खेलकुदका ऐतिहासक धरोहरहरूलाई संरक्षण गर्ने जग बसाल्नुभएको थियो ।

स्थापनाको पाँच वर्षपछि सन् १९९९ मा आठौँ दक्षिण एसियाली खेलकुदको अवसरमा त्रिपुरेश्वरिस्थत दशरथ रंगशाला परिसरबाट औपचरिक यात्रा सुरु गरेको यस संग्रहालयले नेपाली खेलकुदको इतिहास जोगाउने कार्यमा निरन्तर कार्य गर्दैआएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.