जन सरोकार

फोक्सोलाई बचाउने धार्मिक यन्त्र शंख- बजाए पनि, राखे पनि, खाए पनि लाभैलाभ

यादब देवकोटा

हामी नेपालीहरु प्रायःजसोको घरको पूजा कोठामा शंख हुन्छ र विहान बेलुका पूजा तथा आरतीपछि शंख बजाउने गरिन्छ । आखिर शंख किन बजाइन्छ र शंख बजाउँदा मानसिक, शारीरिक तथा वातावरणमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा भने हामी कमै मात्र जानकार छौं ।

खासमा शंख एउटा औषधी नै हो । यसको आवाजदेखि ठोस रुपमा प्रयोग गर्दा विभिन्न रोग नाश हुन्छ । नियमित शंख बजाउनेहरुमा फोक्सोको रोग हुँदैन भन्ने व्यवहारिक रुपमा देखिएको छ । नत्र भने ८०-८५ वर्षका वृद्धहरु, जो दमको रोगले सास फेर्न समेत नसक्ने स्थितिमा हुनुपर्नेमा मज्जाले दोहोरो शंख फुक्न कसरी सक्छन् ? कारण यही हो कि पुरेत्याई गर्नेहरु सानै उमेरदेखि शंख बजाउने हुँदा उनीहरुको फोक्सो मजबुत हुन्छ ।

आजभोलि कोरोना भाइरसको संक्रमण बढिरहेको यसले फोक्सोमा पनि आक्रमण गर्ने भएकाले कतै शंख नियमित फुक्दा फोक्सोमा हुने संक्रमण नियन्त्रण गर्न सकिन्छ कि ? हुन त यस्ता विषयहरुलाई हावादारी पनि मान्न सकिएला तर सामान्य रुपमा घरघरमा दैनिक शंख फुक्ने पिता, परमपिताहरुको स्वास प्रस्वासको मजबुती हेरेर पनि यसको निक्र्योल गर्न सकिन्छ ।

शंख फुक्दा मानव शरीरको स्वास प्रस्वास प्रक्रियालाई अबरुद्ध हुन दिंदैन । यसको ध्वनि पनि उत्तिकै कर्णप्रिय हुन्छ । शास्त्रहरुमा लेखिए अनुसार शंखध्वनिले वरिपरी रहेका किटाणुहरुको नास हुन्छ ।

शंख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो । प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा आवरण हो । शंख प्रकृतिले मानवका लागि दिएको एउटा अद्भूत वाध्ययन्त्र पनि हो । धार्मिक कार्यहरुको शुभारम्भदेखि विसर्जन र गीत संगीतमा समेत शंखको प्रयोग गरिन्छ ।

रामायण, महाभारतमा शंखको महिमा प्रसस्त छ भने हाम्रो समाजमा मंगल कार्यदेखि मृत्युजन्य शोकको घडीमा समेत शंखवादनलाई महत्त्व दिइन्छ । शंख बजाउँदा त्यसको ध्वनिले विभिन्न प्रकारका रोगाणु र विषाणुलाई मार्ने वर्णन ऋग्वेदमै छ गरिएको । शंख हिन्दु धर्ममा अति पवित्र मानिन्छ । यो धर्मको प्रतीक मानिन्छ ।

आयुर्वेद उपचारमा शंख भस्मको ठूलो महत्त्व छ । यसमा क्याल्सियम, क्याल्सियम सल्फेट, म्याग्नेसियम आदि तत्त्व प्रशस्त पाइन्छन् । शंख भस्म बनाउन शंखलाई माटोको भाँडोमा राखेर पाँचरछ फिट गहिरो खाल्डोमा गुइँठाले पोलेर निकाली घ्यूकुमारीको रसमा पिन्नु पर्छ । शंख भस्म अम्लपित्त, अनुहारको चाया, डण्डीफोर र खत हटाउन उपयोगी हुन्छ ।

त्यसै गरी अनिद्राको बिरामीलाई कानमा दुइटा शंख राख्दा समुद्री लहरको कर्णप्रिय आनन्दले निन्द्रा लगाउँछ भने शंख जलले मुख धुँदा अनुहार उज्यालो हुन्छ । कान पाक्ने रोगको उपचारमा प्रयोग हुने शंख मोतिविन्दु, रतन्धोलगायतका आँखासम्बन्धी रोगमा पनि लाभदायक मानिन्छ । आयुर्वेदमा विभिन्न १५ रोगमा शंखबाट बनाइएका औषधी प्रयोग हुन्छन् ।

यसका अतिरिक्त घरमा वास्तु मिलाएर शंख राख्दा अनेक लाभ हुने बताइन्छ । जुन घरमा शंख राखिएको हुन्छ त्यहाँ लक्ष्मीको बास हुने विश्वास गरिन्छ, शास्त्रहरुमा शंखलाई लक्ष्मीको भाइका रुपमा प्रस्ुत गरिएको छ । शंख समुद्र मन्थनका क्रममा निस्किएको चौध रत्नमध्येको एक मानिन्छ ।

शंख बजाउँदा यसको ध्वनिबाट वातावरण पवित्र हुन्छ । जहाँसम्म शंखको आवाज जान्छ त्यहाँसम्म यसको आवाज सुन्नेहरुको मनमा सकारात्मक भावना पैदा हुने मानिन्छ । जसमा सकारात्मक भावना वा विचार उत्पन्न हुन्छ त्यो पनि आफैंमा पवित्र मानिन्छ । किनभने शंखको ध्वनिले दुष्ट आत्मा नजिक आउन नसक्ने मानिन्छ । त्यसैले हरेक शुभकर्मको सुरुवातमै शंख बजाइन्छ ।

त्यसो त धार्मिक मान्यतामा मात्र हैन शंखको आवाजबाट वातावरणमाा रहेका किटाणुहरु नाश हुने विभिन्न परीक्षणहरुबाट पुष्टि भैसकेको छ । त्यस्तै शंखमा पानी राखेर पिउँदाा हड्डी बलियो हुनुका साथै दाँतमा पनि लाभ मिल्ने बताइन्छ । यसमा क्याल्सियम, फस्फोरस, गन्धकको गुण पाइन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.